कावासोतीस्थित ज्ञानोदय माविमा आत्मरक्षा तालिम सम्पन्न

कावासोती, २ चैत । कावासोती नगरपालिका वडा नम्बर- १७ मा विद्यालय र समुदाय लक्षित आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत नगर भित्रका ३५ जना किशोरीलाई आत्मरक्षाको तालिम दिएर यो अभियान सुरु गरिएको संस्थाका महासचिव दीपक शर्माले बताए । सोही क्रममा कावासोती नगरपालिका- ८ मा रहेको ज्ञानोदय […]

राप्तीको डुम्रेखाडीमा होम स्टे सञ्चालन

राप्ती, २ चैत । पूर्वी चितवनको राप्ती नगरपालिका-११ मा होम स्टे सञ्चालनमा आएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गबाट लगभग ४ किलोमिटर उत्तरतर्फ रोहित होटल एण्ड होम स्टे सञ्चालनमा आएको हो । बुधबार होम स्टेको विधिवत उद्घाटन गरिएको छ । रमणीय वातावरणमा घुलमिल गराउने उद्देश्यले होम स्टे सञ्चालनमा ल्याइएको सञ्चालक पार्वती तितुङले बताइन् । लोकल कुखुराको […]

गठबन्धन गर्न हुन्न – गगन थापा

काठमाडाैँ, २ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताएका छन् । नेपाली कांग्रेस बनेपा नगरसमितिद्वारा बुधबार आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गगनले आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताए । “पार्टीलाई निर्वाचनमा तालमेल […]

मेयर विद्यासुन्दरले उद्घाटन गरे डेढ वर्षदेखि सञ्चालित माइतीघरको आकाशे पुल

काठमाडौं, २ चैत । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डेढ वर्षअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको स्थानान्तर गर्न मिल्ने आकाशे पुलको उद्घाटन गरेका छन् । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन् । उनले आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण […]

पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

बिराटनगर, २ चैत । नोबेल मेडिकल कलेजका चिकित्सकले बिरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालेका छन् । भोजपुरको भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो । ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि […]

‘लेखक कृति पुरस्कार–२०७७’ मतिप्रसाद ढकाललाई

पोखरा, २ चैत । नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७७’ नवलपरासीका स्रष्टा डा.मतिप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘महाभारतमा के छ ?’ लाई प्रदान गरिने भएको छ । गत शुक्रबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको छनोट समितिका संयोजक डा.ईश्वरमणि अधिकारीले जानकारी दिए । पहिलो चरणमा कार्य समितिसहितको सहभागितामा केही उत्कृष्ट कृतिहरू […]

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं, २ चैत । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ । अधिवेशन अन्त्य भएसँगै […]