राप्ती, २ चैत ।
पूर्वी चितवनको राप्ती नगरपालिका-११ मा होम स्टे सञ्चालनमा आएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गबाट लगभग ४ किलोमिटर उत्तरतर्फ रोहित होटल एण्ड होम स्टे सञ्चालनमा आएको हो । बुधबार होम स्टेको विधिवत उद्घाटन गरिएको छ ।
रमणीय वातावरणमा घुलमिल गराउने उद्देश्यले होम स्टे सञ्चालनमा ल्याइएको सञ्चालक पार्वती तितुङले बताइन् । लोकल कुखुराको मासु, ढिंडो र सेकुवा होम स्टेको मुख्य आकर्षणको रुपमा रहेको पनि उनले बताइन् ।
राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले होम स्टेको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै लामाले होम स्टेले पर्यटनमा सघाउ पुग्ने बताए । होटल र होम स्टे सञ्चालन गर्दा सरसफाइलाई विशेष ध्यान दिनुपर्ने उनले बताए । सामुहिक रुपमा होम स्टे सञ्चालन गर्दा स्थानीय सरकारले सहयोग गर्ने पनि लामाले बताए ।
कार्यक्रममा शैक्षिक व्यक्तित्वहरु हरिप्रसाद उप्रेती र सानुबाबु बर्तौला, युवा समाजसेवी प्रविन शर्मा, निरज कँडेललगायतको उपस्थिति रहेको थियो ।





