डिजिटल एड मिडिया संघ चितवन-नवलपुरको प्रारम्भिक भेला

भरतपुर, २९ फागुन ।
डिजिटल एड मिडिया संघ चितवन-नवलपुरको प्रारम्भिक भेला सम्पन्न भएको छ । शनिबार नारायणी किनारको सिटी व्याङ्क्वेटमा भएको भेलाले ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको अध्यक्षमा गुणराज दाहाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा निर्जन प्रधान, सचिवमा दीपक शर्मा, कोषाध्यक्षमा भूमि सापकोटा चयन भएका छन् । सदस्यहरुमा विनोद श्रेष्ठ, दिलीप श्रेष्ठ र अनिता श्रेष्ठ अधिकारी चयन भएका छन् ।

फ्लेक्स प्रिन्ट र मिडियासँग आवद्ध भएका व्यवसायीहरुलाई एक ठाउँमा बाँध्ने हेतुले संघको स्थापना गरिएको हो । संघले सम्बन्धित व्यवसायमा महानगरले कायम गरेको करलाई घटाउन आवाज उठाउने संघका अध्यक्ष दाहालले बताए । साथै सबै फ्लेक्स व्यवसायीहरुको मूल्यमा एकरुपता ल्याउने पनि संघको कार्य हुने उनले बताए ।

संघको अनुगमन समिति पनि गठन गरिएको छ । जसले मूल्य सुचिको कडाईको साथ अनुगमन गर्ने दाहालले बताए । फ्लेक्स प्रिन्ट र मिडियालाई एकताबद्ध गर्नमा संघको भूमिका हुने उनले प्रष्ट पारे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट