सैन्य परिचालन सुरु भएदेखि झन्डै चार लाख युक्रेनीहरू रोमानियामा प्रवेश

रोमानिया, २९ फागुन। रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेका रोमानियाको सीमा प्रहरीले आइतबार जानकारी गराएको छ । सीमा प्रहरीले भनेको छ, “फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९ हजार ५४२ नागरिकहरू रोमानियामा प्रवेश गरेका प्रहरीको तथ्याङ्कमा देखिएको छ ।” शनिबार मात्र १६ […]
राष्ट्रिय महिला भलिबलको उपाधि न्यु डायमण्डलाई

खैरहनी, २८ फागुन । चितवन खैरहनीको सिमलटाँडीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ । कर्पाकेली पुन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै डायमण्डले उपाधि हात पारेको हो । खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबले ५ सेटमा ३-२ को जित निकालेको हो । १८-२५, २५-१३, १९-२५, […]
२०७८ फागुन ३० गते सोमबारको कायाकैरन दैनिक (E-paper)
भरतपुरको चनौलीमा २५ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण

भरतपुर,२९ फागुन । भरतपुर महानगरपालिका–१८, चनौलीमा निर्माण गरिएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउने भएको छ । आइतबार चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलन गरी शीत भण्डार परियोजना सञ्चालनबारे जानकारी दिएको हो । सहकारीका अध्यक्ष सूर्यमणि पौडेलले शीत भण्डार सञ्चालमा आएसँगै किसानहरुले आफ्नो उत्पादनलाई मूल्य नपाएर फ्याँक्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले […]
डिजिटल एड मिडिया संघ चितवन-नवलपुरको प्रारम्भिक भेला

भरतपुर, २९ फागुन । डिजिटल एड मिडिया संघ चितवन-नवलपुरको प्रारम्भिक भेला सम्पन्न भएको छ । शनिबार नारायणी किनारको सिटी व्याङ्क्वेटमा भएको भेलाले ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा गुणराज दाहाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा निर्जन प्रधान, सचिवमा दीपक शर्मा, कोषाध्यक्षमा भूमि सापकोटा चयन भएका छन् । सदस्यहरुमा विनोद श्रेष्ठ, […]
चितवनमा महिन्द्राको थ्रीएस डिलर र सर्भिस सेन्टर उद्घाटन

भरतपुर,२९ फागुन । चितवनमा महिन्द्राले नयाँ ‘थ्रीएस’ डिलर र ‘टुएस’ सब–डिलर सञ्चालनमा ल्याएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि गुरुपले भरतपुर महानगरपालिका –९ हाकिमचोकमा नयाँ थ्रीएस डिलर सेन्ट्रल अटो जोन र रत्ननगरको टाँडीमा टुएस सब–डिलर न्यू पञ्चकन्या मोटर पार्ट्स सञ्चालनमा ल्याएको हो । डिलर र सब–डिलरको उद्घघाटन अग्नि गुरुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ […]
चितवनमा काँग्रेसको ‘ घर-घर जाऔँ´ अभियान सुरु

भरतपुर, फाुगन २९ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले `घर-घर जाऔँ´ अभियान सुरु गरेको छ । हरेक घरमा काँग्रेसको एजेण्डा पुर्याउने उदेश्यले काँग्रेसले आइतवारबाट एक महिने अभियान सुरु गरेको हो । केन्द्रीय कार्यक्रम अन्तर्गत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर-घर जाऔं , काँग्रेसलाई जिताऔँ ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ […]
`पिर’ ले थपेको पिर

गायक प्रकाश सपुतले शुक्रबार मात्रै युट्युबमार्फत् “पिर” बोलको गीत सार्वजनिक गरे । आइतबार साँझसम्म मात्रै गीतको भिडियोले २१ लाखभन्दा बढी भ्युज पाइसकेको छ । दशवर्षे माओवादी जनयुद्धमा सहभागी भएका माओवादी लडाकूहरूले हाल बेहोरिरहेको कारुणिक अवस्थालाई गीतको प्रमुख विषयवस्तु बनाइएको छ । युट्युबको ट्रेण्डिङमा पहिलो स्थानमा रहेको उक्त गीतलाई अधिकांश दर्शक तथा स्रोताले रुचाएका छन् । सत्ता र शक्ति हात […]
एसपिएम कलेज प्रजातन्त्रवादी प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

गैंडाकोट, २९ फागुन । एसपिएम कलेज गैंडाकोटमा प्रजातन्त्रवादी प्राध्यापकहरूको भेलाले संघको सभापतिमा गोविन्द रिमाललाई चयन गरेको छ । निवर्तमान सभापति विनोद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्राध्यापक संघका सभापति शिवजी अधिकारी र क्याम्पस प्रमुख दीपेन्द्र पौडेलले शुभकामना मन्तव्य राखेका थिए । संघमा ३९ जना प्राध्यापक छन् । समितिको उपसभापतिमा गणेशप्रसाद शर्मा, सचिव कमलराज घिमिरे, कोषाध्यक्ष […]
उवासंघ चितवन : ८ उम्मेदवार जिताउन निर्विरोध नेतृत्वमा पुगेका सबै एक्यवद्ध

भरतपुर, २९ फागुन । उद्योग वाणिज्य संघ चितवनको सर्वसम्मत नेतृत्वमा पुगेका अध्यक्ष सहितका १३ जना नै ८ जना उम्मेदवारलाई जिताउन एक्यवद्ध बनेका छन् । निर्विरोध अध्यक्ष बनेका चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फका चिरञ्जीवी सुवेदीसहितका १३ जनाले अनुभवी नेतृत्वलाई कार्यसमितिमा दोहोर्याउन कसरत बढाएका छन् । उपाध्यक्ष कर्पोरेटर्फका भोजराज कौडाल, उपाध्यक्ष वाणिज्यतर्फका शंकर नेपालसहित […]
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डेलाई कांग्रेसको समर्थन

भरतपुर, २९ फागुन । निर्माण व्यवसायी महासंघको अध्यक्षका उम्मेदवार निकोलस पाण्डेलाई प्रजातन्त्रवादी पक्षधरहरुले समर्थन गरेका छन् । नेपाली कांग्रेसले पाण्डेलाई आफ्नो आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको छ । शनिबार कांग्रेस निकट निर्माण व्यवसायीहरुको भेलामा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कन्फयुजनमा नपरि निकोलस पाण्डे नेतृत्वको टिमलाई जिताउन अपिल गरेका छन् । “प्रजातन्त्रवादीहरुको नेतृत्वमा संगठन रहोस् भनेर […]
प्रतिनिधिसभाको बैठक आज

काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको बैठक बस्दै छ । दशौँ अधिवेशनको ११औँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको संसद सचिवालयले जनाएको छ । सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने सम्भावित […]