उवासंघ चितवन : ८ उम्मेदवार जिताउन निर्विरोध नेतृत्वमा पुगेका सबै एक्यवद्ध

भरतपुर, २९ फागुन ।
उद्योग वाणिज्य संघ चितवनको सर्वसम्मत नेतृत्वमा पुगेका अध्यक्ष सहितका १३ जना नै ८ जना उम्मेदवारलाई जिताउन एक्यवद्ध बनेका छन् । निर्विरोध अध्यक्ष बनेका चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फका चिरञ्जीवी सुवेदीसहितका १३ जनाले अनुभवी नेतृत्वलाई कार्यसमितिमा दोहोर्‍याउन कसरत बढाएका छन् ।

उपाध्यक्ष कर्पोरेटर्फका भोजराज कौडाल, उपाध्यक्ष वाणिज्यतर्फका शंकर नेपालसहित सदस्यमा वाणिज्यतर्फका ६ जना सदस्यको पक्षमा उभिएका छन् । समूहमा वाणिज्यतर्फका सदस्यहरुमा थीरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने छन् । निर्विरोध अध्यक्ष भएका चुननारायण श्रेष्ठले १३ जना कार्यसमितिमा सर्वसम्मत हुनुपहिले नै अनुभवी समूह बनाएकाले निर्वाचनमा सहयोग गरिएको बताए ।

आज (आइतबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा निर्विरोध कार्यसमितिमा पुगेका ३ जना पदाधिकारीसहितका १३ जनानै सहभागी थिए । दीपा शाही उवासंघको विभिन्न उपसमितिमा रहेर काम गर्दै आएपनि यसपाली पहिलोपटक कार्यसमिति सदस्यका लागि उम्मेदवार हुन् । यो समूहका २ जना उपाध्यक्ष र ६ जना सदस्यहरु उवासंघको कार्यसमितिका सबै पुराना तथा अनुभवी नेतृत्वका रुपमा स्थापित छन् । नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ ।

कर्पोरेटतर्फका उपाध्यक्ष उम्मेदवार भोजराज कौडालले पूर्वअध्यक्षहरु सबै अनुभवी र एक्यवद्ध बनेका समूहको पक्षमा रहेको दाबी गरे । वाणिज्यतर्फका उपाध्यक्ष उम्मेदवार शंकर नेपालले सहमतिको प्रयास हुन नसकेपछि निर्वाचनमा जानु परेपनि जीत सुनिश्चित रहेको जीकिर गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट