गैंडाकोट, २९ फागुन ।
एसपिएम कलेज गैंडाकोटमा प्रजातन्त्रवादी प्राध्यापकहरूको भेलाले संघको सभापतिमा गोविन्द रिमाललाई चयन गरेको छ ।
निवर्तमान सभापति विनोद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्राध्यापक संघका सभापति शिवजी अधिकारी र क्याम्पस प्रमुख दीपेन्द्र पौडेलले शुभकामना मन्तव्य राखेका थिए । संघमा ३९ जना प्राध्यापक छन् । समितिको उपसभापतिमा गणेशप्रसाद शर्मा, सचिव कमलराज घिमिरे, कोषाध्यक्ष सुकदेव सुवेदी, सहसचिव भगवती सापकोटा र सदस्यहरूमा रेखा लम्साल, अरूण कार्की, प्रमिता ढकाल, खेमराज पौडेल, नरेन्द्र कमाल रहेका छन् ।
केन्द्रीय प्रतिनिधिमा विनोदकुमार अधिकारी, नारायण सुवेदी र अर्जुन गिरीलाई सर्वसम्मत रूपले चयन गरिएको छ ।





