चितवनमा काँग्रेसको ‘ घर-घर जाऔँ´ अभियान सुरु

भरतपुर, फाुगन २९ ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले `घर-घर जाऔँ´ अभियान सुरु गरेको छ । हरेक घरमा काँग्रेसको एजेण्डा पुर्‍याउने उदेश्यले काँग्रेसले आइतवारबाट एक महिने अभियान सुरु गरेको हो । केन्द्रीय कार्यक्रम अन्तर्गत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर-घर जाऔं , काँग्रेसलाई जिताऔँ ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ ।

अभियानअन्तर्गत वडा, टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिबृद्धि गरेर विगतका राजैतिक र आर्थिक उपलब्धि जनतामाझ लैजाने बताइएको छ ।

केन्द्रको परिपत्र अनुसार चितवनमा अभियान सुरु गरिएको काँग्रेस चितवनका सचिव ध्रुव पोखरेलले बताए । उनका अनुसार चैत २९ गतेसम्म हरेक घरमा काँग्रेसका प्रतिनिधि पुग्नेछन् ।
अभियानमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदातालाई काँग्रेसको एजेण्डा वारे स्पष्ट पार्ने उदेश्य सहित लोकतन्त्रको रक्षाको लागि अभियान केन्द्रीत रहेको केन्द्रीय सदस्य अब्दुल सतारले बताए । विगतको निर्वाचनको समिक्षा गरेर टोल स्तरसमम पार्टीको एजेण्डा पुर्‍याइने उनले बताए । पछिल्लो समय एमसिसिको विषयमा कम्यूनिष्ट पार्टीले भ्रम छरेको भन्दै त्यसलाई चिरेर जनतालाई यथार्थ बुझाउन लागिएको उनको भनाई थियो ।

कमलनगरमा रहेको पार्टी कार्यालयमा कार्यक्रम गरि अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा स्थानीय तहदेखि जिल्लाका नेताहरु सहभागी थिए । उनीहरुले आउँदो निर्वाचनमा काँग्रेसको रणनीतिका लागि सुझाव दिएका थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले काँग्रेसको अभियानले भम्र र यथार्थलाई स्पष्ट पार्ने बताए ।

काँग्रेसले आज देशभर एकै समयमा एक साथ अभियान सुरु गरेको हो । हरेक जिल्लामा दिउँसो एक बजे अभियानको उद्घाटन गरिएको हो । जिल्लामा उद्घाटन गरेपछि बाँकी कार्यक्रम स्थानीय तह र वडामा केन्द्रित हुने अभियानको लागि जिल्लाका सबै वडा प्रतिनिधि खटाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट