भरतपुर,२९ फागुन ।
चितवनमा महिन्द्राले नयाँ ‘थ्रीएस’ डिलर र ‘टुएस’ सब–डिलर सञ्चालनमा ल्याएको छ ।
नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि गुरुपले भरतपुर महानगरपालिका –९ हाकिमचोकमा नयाँ थ्रीएस डिलर सेन्ट्रल अटो जोन र रत्ननगरको टाँडीमा टुएस सब–डिलर न्यू पञ्चकन्या मोटर पार्ट्स सञ्चालनमा ल्याएको हो ।
डिलर र सब–डिलरको उद्घघाटन अग्नि गुरुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ , सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु, अग्निका प्रतिनिधि र अन्य विशेष अतिथिहरूको उपस्थितिमा आइतबार सामूहिक रूपमा गरिएको हो ।
अग्नि गुरुपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तार मार्फत सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि अन्य थप डिलरहरू र सब–डिलहरूको सञ्चालनमा ल्याउने उनले जनाए ।





