पदमोदय भलिबलको उपाधि कृष्णचोकद्वारा कब्जा

भरतपुर, १८ फागुन ।
पर्यटकीय नगरी पटिहानीमा बिहीबार सम्पन्न पदमोदय खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि कृष्णचोकले कब्जा गरेको छ ।

फाईनल प्रतिस्पर्धामा आयोजक पदमोदय युवा क्लबलाई पराजित गर्दै कृष्णचोकले उपाधि जितेको हो ।
हरेक वर्ष शिबरात्रीको अवसरमा हुँदै गरेको पदमोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७८ यस वर्ष मंगलबारदेखि सुरुभएको थियो । पदमोदय युवा क्लब भरतपुर-२२ पदमपोखरीको आयोजनामा सम्पन्न प्रतियोगितामा कृष्णचोकले पदमोदयलाई २५-१४, २५-१३ र २५-१४ को सोझो सेटमा पराजित गरेको हो ।

विगतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्दै आएको क्लबले विभिन्न सामाजिक कार्यक्रमहरुसमेत गर्दै आएको छ । प्रतियोगितामा चितवनका १२ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक निरज पौडेलले जानकारी दिए । प्रतियोगिताको प्रबर्द्धकहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २२ कार्यालय र चितवन जिल्ला खेलकुद विकास समिति भरतपुर रहेका छन् ।

विजेता कृष्णचोकले नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता पदमोदयले नगद रु. ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको युवा परिचालन समितिका संयोजक सुमन पौडेलले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कृष्णचोकका सुमन लामा भए । विजेता र उपविजेता टिमलाई भरतपुर- २२ का वडाध्यक्ष विष्णुराज महतोले पुरस्कृत गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट