रूसी आक्रमणमा ४० युक्रेनीको मृत्यु

एजेन्सी

किएभ, फागुन १२ ।

रूसी आक्रमणमा परी ४० जना युक्रेनी नागरिकको मृत्यु भएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले अहिलेसम्म ४० जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ।

राष्ट्रपतिका ती सल्लाहकारले मारिनेहरू सैनिक मात्र हुन् कि सर्वसाधारण पनि हुन् भन्ने खुलाएका छैनन्। रूसी आक्रमणबाट दर्जनौं मानिसहरू घाइते भएको उनले बताएका छन्।

रूसले भने आफ्नो आक्रमण नागरिकलाई नभई युक्रेनी सेना र सैनिक संरचनामा केन्द्रीत रहेको बताएको छ।

यसअघि युक्रेनी सेनाले ५० जना रूसी सैनिक मारिएको दाबी गरेको थियो।

समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ। त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी छ। पूर्वी युक्रेनका अन्य क्षेत्रमा हेलिकप्टर सहित ६ वटा सैनिक जहाज खसालेको पनि युक्रेनी सेनाले दाबी गरेको छ।

रूसले भने आफ्ना जहाज र बख्तरबन्द गाडीमा क्षति भएको कुरा अस्वीकार गरेको छ।

युक्रेनको बोर्डर गार्ड सर्भिसले खेर्सोन क्षेत्रमा आफ्ना तीन सैनिक मारिएको र धेरै घाइते भएको जनाएको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट