घाँस काट्न निकुञ्ज गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

भरतपुर, १२ फागुन । बाघको आक्रमणबाट चितवनकी एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भरतपुर-१३ को बेलसर क्षेत्रमा घाँस काट्न गएका तीन जनामध्ये सार्कीलाई मात्रै बाघले आक्रमण गरेको बताए । सँगै […]

राप्तीका उपमेयर लामाद्वारा एक बालकको अभिभावकत्व ग्रहण

राप्ती, १२ फागुन। चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले एक बालकको अभिभावकत्व ग्रहण गरेका छन् । राप्ती नगरपालिकाको कार्यालयमा सरसफाइको काम गर्ने दुर्गा चौधरीको निधन भएपछि उनको छोराको अभिभावकत्व लामाले ग्रहण गरेका हुन् । भण्डारा माविमा कक्षा ७ मा अध्ययनरत मौसम चौधरीलाई कक्षा १२ सम्म पढाइका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च व्यक्तिगत रुपमा गर्ने जिम्मेवारी […]

रूसी आक्रमणमा ४० युक्रेनीको मृत्यु

एजेन्सी किएभ, फागुन १२ । रूसी आक्रमणमा परी ४० जना युक्रेनी नागरिकको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले अहिलेसम्म ४० जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ। राष्ट्रपतिका ती सल्लाहकारले मारिनेहरू सैनिक मात्र हुन् कि सर्वसाधारण पनि हुन् भन्ने खुलाएका छैनन्। रूसी आक्रमणबाट दर्जनौं मानिसहरू घाइते भएको […]

कांग्रेस र एमालेबीच छलफल

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेरअघिदेखि जारी छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छफलमा सहभागी हुनुहुन्छ । आज दिउँसो १ […]

युक्रेनमा नेपाली विद्यार्थीको आग्रह: डरलाग्दो स्थिति देखिएको छ, हाम्रो चाँडै उद्धार होस्

काठमाडौँ, १२ फागुन । पूर्वी युरोपमा पर्ने युक्रेन र रुसबीचको तनावले युद्धको रूप लिएपछि राजधानी किभसहित ठूला सहर खर्किभ, मोल्डोभा, ओडेसामा बस्ने नेपाली विद्यार्थीले आफ्नो उद्धारका लागि आग्रह गरेका छन् । युक्रेनको राजधानी किभबाट ४ सय ८० किलोमिटर पूर्वोत्तरमा पर्ने खर्किभ नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस तेस्रो वर्षमा अध्यनरत जनकपुरका रोशन झाले भने, ‘रुसले सोमबार स्वतन्त्र […]

प्रतिनिधि सभा बैठक भाेलि सम्मका लागि स्थगित

काठमाडाैं, १२ फागुन । आज बस्ने भनिएकाे प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बैठक सूचना टाँसेर भाेलिसम्मका लागि स्थगित गरिएकाे हाे । दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक विशेष कारणवस स्थगित गरिएकाे संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ‍ । यद्यपि सरकारकाे आग्रहमा बैठक एक दिन पर सारिएकाे बताइएकाे छ । बैठक भाेलि दिउँसाे […]

कार्यव्यवस्था समितिको बैठक सकियो : संसद्मा एमसीसीमाथि छलफल हुँदै

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ । संसद्को कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीमाथि छलफल गर्ने कार्यसूची तय गरेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरु […]

एमसीसी विराेधी प्रदर्शन छेक्न ४ हजार बढी सुरक्षाकर्मी परिचालन

भरतपुर, १२ फागुन । संसदमा टेबल भएको अमेरिकी सहायता परियोजना एमसीसी विरुद्ध प्रर्दशन रोक्न ४ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीका अनुसार प्रदर्शन हुन सक्ने बानेश्वर क्षेत्रमा नेपाल प्रहरीका २ हजार ७ सय र सशस्त्र प्रहरी बलको १ हजार ६ सय जनशक्ति खटाइएको छ । […]

बारामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान, एक भारतीयको मृत्यु

कलैया, १२ फागुन । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । गएराति सात–आठ जनाको समूहले गाँजा तस्करी गरिहेको सूचना पाएपछि प्रहरीको टोली गस्तीमा गएको थियो । सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा तस्कर समूहले गस्ती टोलीमाथि एक राउन्ड गोली चलाएपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गर्दा एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

काठमाडौँ, १२ फागुन । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद […]

चितवनमा बर्ड–फ्लुु पुष्टि भएपछि ५ हजार भन्दा बढी कुखुरा नष्ट

भरतपुर,१२ फागुन । भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो । केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका […]

पुटिनद्वारा युक्रेनलाई ‘असैनिकीकरण’ गर्न ‘सैन्य अभियान’ घोषणा गरेको दाबी

रूस, १२ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष ‘सैन्य अभियान’ घोषणा गर्नुभएको विभिन्न सञ्चार माध्यमले बिहीबार उल्लेख गरेका छन् । आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताउनुभएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको केही […]

गठबन्धनले साथ नदिए एमालेको सहयोगमा एमसिसी पास गर्नुपर्छ – वरिष्ठ नेता पौडेल

तनहुँ, १२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको […]

सबैभन्दा राम्रो विकल्प युक्रेनी सेना युद्धबाट फर्कनु नै हो – पृथकतावादी

भरतपुर, १२ फागुन । रुस समर्थित युक्रेनका पृथकतावादीहरूद्वारा नियन्त्रित क्षेत्रका एक नेताले युक्रेनी सेनाले आफ्ना हतियार लिएर यी पृथकतावादी क्षेत्रहरूबाट फिर्ता हुनुपर्ने बताएका छन् । पृथकतावादी नेता दाेनेत्स्क जनवादी गणतन्त्रका प्रमुख डेनिस पुशिलिनले रुसको सरकारी सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा युक्रेनी सेनाले पृथकतावादी क्षेत्रबाट फिर्ता हुनुपर्ने बताएका हुन् । डेनिस पुशिलिनले भनेका छन्, ‘यस्तो अवस्था सिर्जना […]

युक्रेनमाथि रुसी आक्रमण, ठाउँ- ठाउँमा बिष्फोट

भरतपुर, १२ फागुन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’को घोषणा गरेका छन् । रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ ‘सैन्य कारबाही’को घोषणा गरेका हुन् । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसीको उक्त घोषणा आएको हो । यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको […]