बारामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान, एक भारतीयको मृत्यु

कलैया, १२ फागुन ।

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । गएराति सात–आठ जनाको समूहले गाँजा तस्करी गरिहेको सूचना पाएपछि प्रहरीको टोली गस्तीमा गएको थियो ।

सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा तस्कर समूहले गस्ती टोलीमाथि एक राउन्ड गोली चलाएपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गर्दा एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान भने खुलिसकेको छैन ।

प्रहरीले हानेको गोली ती व्यक्तिको कम्मरमा लागेको थियो । उनलाई उपचारका लागि कलैया अस्पताल ल्याएकोमा राति मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

तस्कर समूहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेका छन् ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट