काठमाडाैं, १२ फागुन ।
आज बस्ने भनिएकाे प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
बैठक सूचना टाँसेर भाेलिसम्मका लागि स्थगित गरिएकाे हाे । दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक विशेष कारणवस स्थगित गरिएकाे संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ । यद्यपि सरकारकाे आग्रहमा बैठक एक दिन पर सारिएकाे बताइएकाे छ ।
बैठक भाेलि दिउँसाे १ बजे बस्नेछ । आजकाे बैठकमा एमसीसीमाथि छलफल गरियाेस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियाे । 





