युक्रेनमाथि रुसी आक्रमण, ठाउँ- ठाउँमा बिष्फोट

भरतपुर, १२ फागुन ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’को घोषणा गरेका छन् । रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ ‘सैन्य कारबाही’को घोषणा गरेका हुन् ।

जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसीको उक्त घोषणा आएको हो ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले ‘झन्डै दुई लाख सेना र हजारौं लडाकु गाडी तैनाथ गरेको’ बताएका छन् ।

बिहीबार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार बिसाउन र घर फर्कन आग्रह पनि गरेका छन् । बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन् ।

यसैबीच बिहीबार बिहान युक्रेनले पनि आफ्नो आकासमा हवाई उडानमा प्रतिबन्ध लगाएको छ । युक्रेनको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले बुधबार राति आपत्कालीन बैठक बोलाएकोमा दुबै देशले बिहीबार बिहानैदेखि आफ्ना गतिविधिहरूलाई भने बढाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट