एमसीसी विराेधी प्रदर्शन छेक्न ४ हजार बढी सुरक्षाकर्मी परिचालन

भरतपुर, १२ फागुन ।
संसदमा टेबल भएको अमेरिकी सहायता परियोजना एमसीसी विरुद्ध प्रर्दशन रोक्न ४ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीका अनुसार प्रदर्शन हुन सक्ने बानेश्वर क्षेत्रमा नेपाल प्रहरीका २ हजार ७ सय र सशस्त्र प्रहरी बलको १ हजार ६ सय जनशक्ति खटाइएको छ ।

आवश्यक परेमा थप जनशक्ति समेत तयारी हालतमा राखिएको एसपी मैनालीले बताए । विरोध प्रदर्शन नियन्त्रणमा नेपाल प्रहरी अग्रभागमा खटिन्छ । नेपाल प्रहरीले भीड नियन्त्रण गर्न नसकेमा सशस्त्र प्रहरीले सघाउने कानुनी बन्दोबस्त छ ।

प्रदर्शनकारीले संसद भवन घेराउ गर्ने कार्यक्रम राखेका छन् । तर प्रहरीले बबरमहल–बानेश्वर र तीनकुने –बानेश्वर सडक खण्डको क्रमशः बिजुली बजार र शान्तिनगरबाटै जुलुसलाई भित्र छिर्न नदिने रणनीति बनाएको छ । यद्यपि केही प्रदर्शनकारी भने एभरेष्ट होटल अगाडि विरोध सभामा सामेल भएका छन् ।

एमसीसी पारित गरियोस् भन्ने प्रस्तावबारे आजै संसदमा छलफल हुने कार्यसूची तोकिएको छ । प्रस्तावमा छलफल हुँदा सामान्य बहुमत जुटेमा सैद्धान्तिक छलफलका लागि पेश हुने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट