विदेश पठाइदिन्छु भन्दै ४५ लाख भन्दा बढी ठगी गर्ने महिला पक्राउ

भरतपुर, १० फागुन ।
चितवन प्रहरीले वैदेशिक रोजगारमा पठाई दिन्छु भनि ठगी गर्ने एक जना महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिदेश पठाईदिन्छु भन्दै प्रलोभनमा पारी ३८ जनासँग पैंतालिस लाख पचहत्तर हजार रुपैयाँ ठगी गर्ने खैरहनी नगरपालिका- ७ सुर्तनाकी ३८ वर्षीया मिना चौधरीलाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ परेकी चौधरीले वैदेशिक रोजगारमा राम्रो कमाई हुन्छ, कम रकममा नै बिदेश पठाईदिन्छु भनि ठगि गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

उनलाई जिल्ला अदालत चितवनबाट म्याद अनुमती लिई ठगी मुद्धामा थप अनुसन्धान कार्य भइरहेको डिएसपी अधिकारीले जनाए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट