नेपाललाई खुलेन विश्वकपको ढोका, यूएईसँग पराजित

भरतपुर, १० फागुन । टी २० विश्वकप छनोट ‘ए’ को सेमिफाइनलमा नेपाल पराजित भएको छ । ओमनस्थित अल अमरेत मैदानमा नेपाली टोली यूएईसँग ६८ रनले पराजित भएको हो । छनोट चरणको निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपालले टी२० विश्वकप २०२२ खेल्न नपाउने भएको छ । नेपालले आशा गरेको विश्वकपको ढोका यसपटक भने खुलेन । टस […]
ओलीलाई देउवाको आग्रह – एमसीसी पारितका लागि सहयोग गरिदिनुस्

काठमाडौँ, १० फागुन । एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्री देउवाले एमसीसी पारितका लागि सहयोग गर्न आग्रह गरेका हुन् । भेटवार्तामा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार एमसीसी ओली सरकारकै पालामा संसदमा दर्ता भएकाले अब […]
अटेरी युवा अभियानलाई शुभेच्छा

फेसबुकबाट पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि चर्चामा छन् ‘अटेरी’ गनेस पौडेल । गनेससँगै चर्चामा छ उनले सुरु गरेको अटेरी युवा अभियान । यो अभियानको नारा छ, ‘आउनुहोस् केही त गरौँ । अति भो, अटेर गरौँ ।’ नेपालमा राजनीतिक अकर्मण्यता बढेर गएको महसुस गरेपछि जन्मिएको हो यो अभियान । दलगत राजनीतिले समाजका हरेक क्षेत्रलाई […]
आन्दोलनका नाममा सार्वजनिक र निजी सम्पत्ति तोडफोड नगर्नू : गृह मन्त्रालय

काठमाडौं, १० फागुन । गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट आन्दोलनका नाममा सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पुर्याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्याउने कार्य भइरहेको जनाउँदै […]
विदेश पठाइदिन्छु भन्दै ४५ लाख भन्दा बढी ठगी गर्ने महिला पक्राउ

भरतपुर, १० फागुन । चितवन प्रहरीले वैदेशिक रोजगारमा पठाई दिन्छु भनि ठगी गर्ने एक जना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिदेश पठाईदिन्छु भन्दै प्रलोभनमा पारी ३८ जनासँग पैंतालिस लाख पचहत्तर हजार रुपैयाँ ठगी गर्ने खैरहनी नगरपालिका- ७ सुर्तनाकी ३८ वर्षीया मिना चौधरीलाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेकी चौधरीले […]
एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा

भरतपुर, १० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् । भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै थापाले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए । उनले भने – “सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा […]