लेखक गनेश पौडेलले पोखराको मेयरमा उम्मेदवारी दिने

भरतपुर, २६ माघ ।
लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । आउँदो स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने पौडेलले फेसबुकमार्फत जनाएका हुन् ।

दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ हुने भन्दै उनले आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘जित वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ । दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ,’ उनले भनेका छन्, ‘म त्यो लडाइँमा जाँदैछु । यसपटक अटेर गर्दैछु ।’

‘आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ उनले अगाडि भनेका छन्, ‘आउनुस् केही गरौँ । अति भो अटेर गरौँ !’ पौडेलको उपन्यास ‘पैतला’ चर्चित छ । यसअघि र्‍यापर बालेन शाहले काठमाडौँ महानगर पालिकाको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

पाैडेल नेपाली साहित्य क्षेत्रमा लोकप्रिय छन् । उनको कृति पैताला धेरै रुचाइएको कृति हो । पछिल्लो पटक उनको अनुवादमा ‘मुसा मानुस’ प्रकाशित छ । पछिल्लो समय उनी नयाँ उपन्यास लेखनपछि सम्पादनमा व्यस्त छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट