एसईई परीक्षा वैशाख ९ गतेदेखि

काठमाडौं, २६ माघ । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ । परीक्षातालिका बिहीबारको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुनेछ ।
विद्यालयबाहिरका बालबालिकालाई खोप खै ?

माघ महिनाको पहिलो हप्तादेखि उकालो लागेको कोरोना संक्रमण माघको अन्तिम हप्तासम्म आइपुग्दा ओरालो लाग्ने क्रममा छ । यसबीचमा देशभर खोप अभियान तिव्रताका साथ अगाडि बढाइएको छ । सार्वजनिक क्षेत्रमा सेवा लिँदा खोप कार्ड अनिवार्य गरेसँगै वयस्कहरुले खोप लिन लाइन लागे । पछिल्लो समय विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउने अभियान चालु छ । चितवनमा दुई दिनमा […]
लेखक गनेश पौडेलले पोखराको मेयरमा उम्मेदवारी दिने

भरतपुर, २६ माघ । लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । आउँदो स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने पौडेलले फेसबुकमार्फत जनाएका हुन् । दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ हुने भन्दै उनले आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘जित वा हारभन्दा पर पनि […]
बाँके-बर्दियामा क्यामेरा चोरी हुँदा बाघ गणना प्रभावित

राँझा,, २६ माघ । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा […]
बढ्यो सुनचाँदीका मूल्य

काठमाडौँ,२६ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु […]
माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

काठमाडौँ , २६ माघ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन […]
सौताको हत्या गरेको आरोपमा बैतडीमा एकजना महिला पक्राउ

बैतडी, २६ माघ । हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । चन्द्राका माइती पक्षले दिएको जाहेरीका […]
भेडाबाख्रालाई लाग्ने पिपिआर रोग नियन्त्रण गर्न चितवनमा खोप अभियान

भरतपुर, २६ माघ। भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सात पालिकामा एकै पटक अभियानका रुपमा खोप लगाउन थालेकोे हो । चौवालीस स्थानमा खोप केन्द्र तय गरी खोप लगाउन सुरु गरिएको कार्यालयका निमित्त प्रमुख प्रभात न्यौपानेले जानकारी दिए। उनका अनुसार जिल्लामा रहेका […]
हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौँ, २६ माघ । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । […]
एमाले चितवनको अध्यक्षमा न्यौपाने

भरतपुर, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा रामप्रसाद न्यौपानेले नेतृत्व लिएका छन् । एक महिना लामो गृहकार्यपछि नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको अध्यक्षमा रामप्रसाद न्यौपानेसहित उपाध्यक्षमा कमलराज पाठक, सचिवमा प्रकाश खनाल शैलेस, सहसचिवमा प्रकाश ढुंगाना र चन्द्रकान्त न्यौपाने चयन भएका छन् २६ वर्षदेखि एमालेको पूर्णकालिन कार्यकर्ताका रुपमा काम गरेका न्यौपाने यसअघि […]
हेटौंडाको राप्तीतटमा शवदाह मेसिन जडान
हेटौंडा, २६ माघ । हेटौंडा उपमहानगरपालिका–१० राप्तीतटमा शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु भएको छ । उपमहानगरपालिकाले आफ्नो योजनाअनुसार शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । सो मेसिन उपमहानगरपालिकाले भारतबाट रु ५५ लाख ६५ हजारमा खरिद गरी ल्याएको बताइएको छ । यही माघ महिनाको अन्त्यसम्ममा मेसिन […]