इनर ह्वीलले ग¥यो कस्तुरीलाई सम्मान

भरतपुर,२९ पुस।

चितवन–९८ औं अन्तराष्ट्रिय इनर ह्वील दिवसको अवसरमा चितवनकी समाजसेवी कस्तुरी श्रेष्ठ सम्मानित भएकी छिन् ।

विभिन्न इनर ह्वील क्लबहरु इनर ह्वील क्लब डिष्ट्रिक ३५०, इनर ह्वील क्लब भरतपुर, इनर ह्वील क्लब नारायणी, इनर ह्वील क्लब भरतपुर सिटी र इनर ह्वील क्ल्ब भरतपुर डिभाइनले संयुक्त कार्यक्रम गरेर समाजसेवी श्रेष्ठलाई सम्मान गरेको हो ।

श्रेष्ठ २०४८ सालमा स्थापना भएको नारी अभ्युदय केन्द्रको संस्थापक अध्यक्ष हुन् । क्लब दर्ता भएपछि महिला, बालबालिका, अल्पसंख्यक र पछाडी पारिएका वर्ग, समुदाय र क्षेत्रको उत्थानमा उनी क्रियाशिल रहेकी छिन् । अहिले पनि उनी समाजसेवामा निरन्तर लागेका कारण श्रेष्ठलाई सम्मान गरेको इनर ह्वील क्लब भरतपुरकी अध्यक्ष विमला अर्याल अधिकारीले जानकारी दिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट