अभियान चलाउन मेला महोत्सव सहज

भरतपुर, २८ पुस । चितवन महोत्सव परिसरमा वे ग्रुप नेपालले राखेको स्टलमा म फोहोर गर्दिन भनेर हस्ताक्षर संकलन भइरहेको थियो । त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गर्दै गर्दा भेटिइन् भरतपुर ११ बसेनीकी बेलीमाया राना मगर । उनीसँगै आएका अरु तिन जनाले पनि सो हस्ताक्षर संकलन अभियानलाई ऐक्यवद्धता जनाउँदै पुस्तिकामा हस्ताक्षर गरे । वे ग्रुप नेपालले चितवन […]
नारायणीको दोस्रो जित, एस्ट्रललाई रेलिगेसनको खतरा

भरतपुर, २८ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी फुटबल क्लबले दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत बुधबारको दोस्रो खेलमा नारायणीले एस्ट्रल युथ सोसाइटीलाई २-० ले पाखा लगाएको हो । नारायणीको जितमा अजय गुरुङ र अमृत श्रेष्ठले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव […]
सहयात्री बचतको साधारणसभा सम्पन्न

गैँडाकोट, २८ पुस । गैँडाकोटस्थित सहयात्री बचत तथा ॠण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नम्बर ७का वडा अध्यक्ष चोलानाथ उपाध्यायले आजको सानो बचतले भोलि कठिन अवस्थामा ठूलो सहयोग गर्ने हुँदा नियमित बचत गर्ने बानीको विकास गर्दै स्थानीय उत्पादनमा लाग्न आग्रह गरे । सहयात्री बचतका […]
जनमुखी सहकारीको साधारणसभा तथा अधिवेशन सम्पन्न

राप्ती, २८ पुस । पूर्वी चितवनको राप्ती नगरपालिका-६ स्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाले बुधबार २१ औँ साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न गरेको हो । साधारणसभाको अवसरमा अत्याधिक दूध बिक्री गर्ने कृषकहरुलाई सम्मान गरिएको छ । २१,२०५ लिटर दूध बिक्री गरि दनाई गाई पालन व्यवसायिक फर्मका निलकान्त दनाई […]
विद्यालयको चाहनाअनुसारै परीक्षा गर्न लागिएको हो : नगर शिक्षा अधिकारी

कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको भन्दै भौतिक उपस्थिति बन्द गरिएका विद्यालयहरूलाई माघ ७ गतेभित्र परीक्षा गर्न भरतपुर महानगरपालिकाले निर्देशन दिएको छ । भरतपुर महानगरपालिका नगर शिक्षा समितिको बुधबारको बैठकले कोभिड १९ का सुरक्षात्मक उपायको पूर्णरूपमा पालना गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णयले भरतपुर महानगरका १२३ सामुदायिक र ९७ संस्थागत विद्यालयमा […]
कोभिडले बन्द भएका भरतपुरका विद्यालयमा परीक्षा चलाइने

भरतपुर, २८ पुस कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको भन्दै भौतिक उपस्थिति बन्द गरिएका विद्यालयहरूलाई माघ ७ गतेभित्र परीक्षा गर्न भरतपुर महानगरपालिकाले निर्देशन दिएको छ । भरतपुर महानगरपालिका नगर शिक्षा समितिको बुधबारको बैठकले कोभिड १९ का सुरक्षात्मक उपायको पूर्णरूपमा पालना गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि भरतपुरका अधिकांश सामुदायिक विद्यालयहरूमा आगामी माघ […]
इनर ह्वीलले ग¥यो कस्तुरीलाई सम्मान

भरतपुर,२९ पुस। चितवन–९८ औं अन्तराष्ट्रिय इनर ह्वील दिवसको अवसरमा चितवनकी समाजसेवी कस्तुरी श्रेष्ठ सम्मानित भएकी छिन् । विभिन्न इनर ह्वील क्लबहरु इनर ह्वील क्लब डिष्ट्रिक ३५०, इनर ह्वील क्लब भरतपुर, इनर ह्वील क्लब नारायणी, इनर ह्वील क्लब भरतपुर सिटी र इनर ह्वील क्ल्ब भरतपुर डिभाइनले संयुक्त कार्यक्रम गरेर समाजसेवी श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठ […]
रिजालचोकमा नेचुरल फर्निचर शोरुम सञ्चालनमा

भरतपुर, पुस २८। भरतपुरको रिजालचोकमा नेचुरल फर्निचर शोरुम सञ्चालनमा आएको छ । बुधवार फर्निचरको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । फर्निचरको उद्घाटन नेपाली सिने क्षेत्रका चर्चित कलाकार आर्यन सिग्देल , उद्यगपति भाष्कर राज कर्निकारले गरेका थिए । उद्घाटन कार्यक्रममा फर्निचरका सञ्चालक श्याम पौडेलले फर्निचर र फर्निसिङ्ग सम्बन्धी सामानहरु विक्रिवितरण र केहि समयपछि उत्पादन गर्ने […]
सुकुमबासीलाई लालपूर्जा: रत्ननगर र आयोगबीच सम्झौता

रत्ननगर २८ पुस । चितवनको रत्ननगर नगरपालिकाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आयोगको तर्फबाट अध्यक्ष केशब निरौला, सदस्य सचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरपालिकाको तर्फबाट मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमि सम्बन्धी समस्या सामधान आयोगले […]
चितवनमा ८१ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २४० पुग्यो

भरतपुर,२८ पुस । चितवनमा बुधबार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ४२९ जनाको पिसीआर र २३ जनाको एन्टिजेन गरि कुल ४४१ जनाको परिक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या परिक्षण गरिएका मध्ये १८ प्रतिशत हुन आउँछ । मंगलबार संक्रमण १२ प्रतिशत थियो । संक्रमित मध्ये […]
एभरेष्टविरुद्ध यात्राको कमब्याक जित

भरतपुर, २८ पुस । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै यात्रा ग्रुप भरतपुरले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नाटकीय कमब्याक जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा यात्राले सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवनलाई ३-२ ले पाखा लगायो । निकै रोमाञ्चक खेलमा यात्रालाई जिताउन सुरजराज भण्डारी, प्रविण श्रेष्ठ र विवेक राईले गोल गरे […]
खेलाँची नगरौँ, ओमिक्रोनविरुद्ध लडौँ

हामीले सुनिरहेका छौँ कि सरकारले सार्वजनिक जमघटहरूमा एकपछि अर्को गरी प्रतिबन्धहरू घोषणा गरिरहेको छ । शिक्षण संस्थाहरूमा विद्यार्थीहरूको भौतिक उपस्थिति बन्द गरिनु र २५ जनाभन्दा बढी व्यक्ति एकैपटक एकै ठाउँमा भेला हुन निषेध गरिनु प्रतिबन्धका पछिल्ला स्वरूप हुन् । यसले स्पष्ट संकेत गर्छ कि विश्व महामारी कोभिडको फैलावट व्यापक बनिरहेको छ । महामारीको तेस्रो लहर […]