भरतपुर,२८ पुस ।
चितवनमा बुधबार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ४२९ जनाको पिसीआर र २३ जनाको एन्टिजेन गरि कुल ४४१ जनाको परिक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संख्या परिक्षण गरिएका मध्ये १८ प्रतिशत हुन आउँछ । मंगलबार संक्रमण १२ प्रतिशत थियो । संक्रमित मध्ये सबै भन्दा धेरै ७० जना भरतपुर महानगरपालिका भित्रका रहेका छन। चितवनमा सक्रिय संक्रमितको संख्या २४० रहेको छ।




