भरतपुर, पुस २८।
भरतपुरको रिजालचोकमा नेचुरल फर्निचर शोरुम सञ्चालनमा आएको छ । बुधवार फर्निचरको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । फर्निचरको उद्घाटन नेपाली सिने क्षेत्रका चर्चित कलाकार आर्यन सिग्देल , उद्यगपति भाष्कर राज कर्निकारले गरेका थिए ।
उद्घाटन कार्यक्रममा फर्निचरका सञ्चालक श्याम पौडेलले फर्निचर र फर्निसिङ्ग सम्बन्धी सामानहरु विक्रिवितरण र केहि समयपछि उत्पादन गर्ने उद्ेश्यले पसल सञ्चालनमा ल्याएको जानकारी दिए । ‘हामीले यो क्षेत्रमा सर्वसुलभ ढङ्गबाट स्तरीय साम्रगी । भरतपुर क्षेत्रमा अफिसियल फर्निचरको साम्रगी विक्रि वितरण गर्ने केन्द्रको अभाव र स्थानियको आवश्यकतालाई मध्यनजर गरेर सञ्चालनमा ल्याएका हौ’ उनले भने ।
एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको फर्निचर तथा फर्निसिङ शोरुममा अफिसियल, घरयासी, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गर्ने उनले बताए । त्यस्तै फर्निसिङ सम्बन्धि पर्दा, कार्पेट लगायत घर अफिस सजावटका सामानहरु उपलब्ध हुनेछन् ।
फर्निचर तथा फर्निसिङ शोरुमको उद्घाटनका अवसरमा ग्राहकले उक्त शोरुमबाट सामान किन्दा एक हप्तासम्म २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । फर्निचरको उद्घाटन कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले यस फर्निचरले चाँडै नै स्वदेशी उत्पादन सुरु गर्ने लक्ष्य लिएको भन्दै आफुले यस क्षेत्रमा सक्दो सहयोग गर्ने बताएका छन् ।




