भरतपुर, ७ पुस ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र निगमलाई पठाएको हो ।
मङ्गलबार निगमको न्यरोडस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री प्रेमकुमार आलेले उक्त जानकारी दिएको खबर गोरखापत्रमा छापिएको छ ।





