अन्तर स्कुल नृत्य प्रतियोगितामा न्यू होराइजन प्रथम

भरतपुर, ७ पुस । लिटल फ्लावर स्कुल, नारायणगढले हरेक वर्ष आयोजना गर्दै आएको ‘इन्टर स्कुल डान्स फेष्ट’ (अन्तर स्कुल नृत्य प्रतियोगिता) मा न्यू होराइजन स्कुल क्षेत्रपुरले प्रथम स्थान हासिल गरेको छ । बुधबार भएको प्रतियोगितामा सनराइज स्कुल भरतपुरले दोस्रो स्थान हासिल गरेको छ । प्रतियोगितमा प्रथम स्थान ओगट्न सफल भएको होराइजन स्कुललाई ३० हजार रुपैयांँ […]
कलाको मोबाइल फोनमा हेमन्तको ध्यान (भिडियो सहित)

भरतपुर, ७ पुस । गायक हेमन्त शर्मा तथा गायिका कला लम्सालको स्वरमा किन झस्कियौ बोलको गीत सार्वजनिक भएको छ । गायिका लम्सालको युट्युब च्यानलमार्फत बुधबार साँझ उक्त गीति भिडियो सार्वजनिक गरिएको हो । गीतमा शब्द रमेश बिजीको रहेको छ भने संगीत दीपक शर्माले दिएका छन् । सुधीर श्रेष्ठ र जुना सुन्दासको प्रमुख अभिनय रहेको गीति […]
२०७८ पुस ७ गते बुधवारको कायाकैरन दैनिक (E-paper)
राप्ती नगरसभाबाट चारवटा कार्यविधिसहित सातवटा प्रस्ताव पारित

राप्ती, ७ पुस । पूर्वी चितवनको राप्ती नगरपालिकाले १० औँ नगरसभा सम्पन्न गरेको छ । सभाले चारवटा कार्यविधिसहित सातवटा प्रस्ताव पारित गरेको छ । नगरसभाले बालुवा प्रशोधन उद्योग तथा नदीजन्य सामग्री व्यवस्थापन कार्यविधि, पशुपंक्षी तथा मत्स्यसम्बन्धी नगरबाट सञ्चालित कार्यक्रम कार्यान्वयन कार्यविधि, कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि र पशु स्वास्थ्य शिविर सञ्चालन कार्यविधि पारित गरेको हो […]
विपन्न परिवारलाई न्यानो कपडा

राप्ती, ७ पुस । पूर्वी चितवनको राप्ती नगरपालिका ६ स्याउली टोलका अति विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच उक्त टोलका ६ घर परिवारलाई न्यानो कपडास्वरुप ओढ्ने ब्ल्याङ्केट वितरण गरिएको हो। अमेरिका निवासी केदार खरेलको आर्थिक सहयोगमा विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमको संयोजन लालीगुराँस टोल विकास […]
स्थानीय निर्वाचन वैशाख २० गते गर्न प्रस्ताव

काठमाडौँ, ७ पुस । रासस निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म […]
पशुपतिनाथ मन्दिरको साधारणसभा सम्पन्न

राप्ती, ७ पुस । पूर्वी चितवनको राप्ती नगरपालिका २ मा रहेको श्री पशुपतिनाथ मन्दिरको ९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् । कार्यक्रममा धार्मिक संस्कार विकास तथा आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष […]
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

भरतपुर, ७ पुस । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । हिजो मंगलबार केही समय बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् […]
नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने प्रक्रिया स्थगित

भरतपुर, ७ पुस । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र निगमलाई पठाएको हो । मङ्गलबार निगमको न्यरोडस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री प्रेमकुमार आलेले उक्त जानकारी दिएको खबर गोरखापत्रमा छापिएको छ ।
नेपाल एयरलाइन्सले सरकारसँग माग्यो नयाँ जहाज किन्न १५ अर्ब

भरतपुर, ७ पुस । नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकम माग गरेका हुन् । मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग […]