एमाले गैँडाजस्तो हो, नजिस्काऊ : भट्टराई

भरतपुर, २१ मंसिर ।
नेकपा एमालेका नेता एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले गैँडाजस्तो भएको बताउँदै नजिस्काउन चेतावनी दिएका छन् । सोमबार भरतपुरमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले एमाले महाधिवेशनको मस्कटको रुपमा गैंडा राखिएकोप्रति नकारात्मक प्रतिक्रिया दिनेहरुलाई चेतावनी दिँदै यस्तो बताएका हुन् ।

नेता भट्टराईले भने, ‘गैँडा र एमालेमा केही समानता छ । गैंडा सज्जन हुन्छ । ऊ आफ्नो बाटोमा हिँड्छ । आफ्नो ढंगले खान्छ, मिसनमा जान्छ । जब त्यसलाई जिस्काउनुहुन्छ, हिँड्नुहुन्छ तब तपाईंलाई छाड्दैन, लेखेट्छ । एमाले पनि त्यस्तै हो । एमाले शान्त छ । एमालेलाई जिस्कायो भने त्यसको परिणाम नराम्रोसँग भोग्नुपर्छ ।’

नेता भट्टराईले पाँचदलीय गठबन्धनले निम्त्याएको बेथिति चिर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको समेत बताए । उनले भने, ‘पाँचदलीय गठबन्धनले देशमा बेथिति निम्त्याएकाले यसलाई चिर्न अब ताजा जनादेशमा जानुको विकल्प छैन ।’

एमालेको महाधिवेशनको शक्ति प्रदर्शनलाई एमालेबाहेक अरूले तोड्न नसक्ने दाबी गर्दै भट्टराईले महाधिवेशनबाट एमाले एकताबद्ध भएर अघि बढेको जिकिर गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट