नेपाल लाइफको जीवन बीमा योजना सार्वजनिक
भरतपुर, २१ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले `नेपाल लाइफ समुन्नत जीवन´ नामक जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँनयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा यो बीमा योजना प्रस्तुत गरेको जनाएको छ । यस बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण […]
वडाध्यक्ष कपमा प्रगतिकला मन्दिर युवा क्लब सेमिफाईनल प्रवेश

देवचुली, २१ मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाईनल खेलमा प्रगतिकला मन्दिर युवा क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ । देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिता अन्तर्गत प्रगतिकला मन्दिर युवा क्लब र नवरङ्गी युवा क्लब कुढौलीबीच […]
गैंडाकोटमा स्वास्थ्य चौकी भवन उद्घाटन

गैंडाकोट, २१ मंसिर । गैंडाकोटमा निर्मित गैंडाकोट स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । गैंडाकोट-५ स्थित स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक समारोहका बीच गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले मंगलबार भवनको उद्घाटन गरे । उद्घाटनपछि बोल्दै नगरप्रमुख पौडेलले मुलुक संघीय संरचनामा गैसकेपछि सरकार जनताको घरदैलोमा भएको अनुभव गराउन सवै जनप्रतिनिधिहरुको अथक मेहनतका कारण र स्थानीय पूर्वजहरूको […]
यौनजन्य हिंसा नियन्त्रणबारे एसपीएम कलेजमा छलफल

गैँडाकोट , २१ मंसिर। सूर्यभक्त पतनादेवी मोमेरियल कलेज गैँडाकोटका प्राध्यापक र विद्यार्थीहरुले महिलामाथि हुने गरेका यौनजन्य हिंसाका र त्यसको निराकरणबारे छलफल गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर आज मंगलबार कलेजका महिला प्राध्यापक तथा स्नातक तह पढ्ने विद्यार्थीहरुले आफ्नो जीवनकालमा भोगेका यौनजन्य हिंसाका घटना र त्यसको प्रतिकार कसरी गर्ने भन्नेबारे छलफल […]
२०७८ मंसिर २१ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी
भरतपुर, २१ मंसिर । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो । विभागले […]
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर : घोषणा भयो, कार्यान्वयन भएन

भरतपुर, २१ मंसिर । तीन वर्षअघि नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरेको भरतपुर महानगरपालिकाले त्यसको प्रभावकारी कार्यान्वयन नगरेको पाइएको छ । महानगरपालिकाले २०७५ कात्तिक ९ गते विभिन्न सरोकारवाला निकाय र मानव सेवा आश्रमबीच सहकार्य गरी सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको थियो । घोषणपश्चातको आर्थिक वर्ष २०७७/७८ मा महानगरपालिकाले १० लाख १६ हजार बजेट छुट्याएको […]
एमाले गैँडाजस्तो हो, नजिस्काऊ : भट्टराई

भरतपुर, २१ मंसिर । नेकपा एमालेका नेता एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमाले गैँडाजस्तो भएको बताउँदै नजिस्काउन चेतावनी दिएका छन् । सोमबार भरतपुरमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले एमाले महाधिवेशनको मस्कटको रुपमा गैंडा राखिएकोप्रति नकारात्मक प्रतिक्रिया दिनेहरुलाई चेतावनी दिँदै यस्तो बताएका हुन् । नेता भट्टराईले भने, ‘गैँडा र एमालेमा केही […]