नारायणी पब्लिक स्कुलमा एनसीसी तालिम शुरू

भरतपुर, २० मंसिर ।
नारायणी इङलिस पब्लिक स्कुलमा राष्ट्रिय सेवादल(एनसीसी ) तालिम शुरू गरिएको छ ।
नेपाली सेनाले संचालन गर्ने तालिमको कालीबहादुर गण भरतपुरका गणपती प्रमुख सेनानी अच्युत घिमिरेले प्रथम प्रवचन गरि आइतबार उद्घाटन गरेका हुन् । तालिमका लागि मंसिर १७ गते भर्ना लिइएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख सेनानी घिमिरेले अनुशासित विद्यार्थीले देशको भविस्य सुन्दर बनाउन सक्ने बताउँदै तालिममा आफ्नो अनुशासनलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरे ।

तालिम कार्यक्रममा स्वागत मन्तव्य कक्षा ८ मा अध्यनरत छात्रा एनसीसी क्याडेट सौरभी हमालले दिएकी थिइन् । शिक्षक अभिभावक संघका अध्यक्ष लीलाधर भट्टराई, प्लस टु कार्यक्रम संयोजक जनकराज घिमिरे, विद्यालय संचालक समिति सदस्य अनिता खनाल, जनोदय समन्वय टोल विकास संस्थाका अध्यक्ष गोविन्दप्रसाद आचार्य, समाजसेवी निर्मल जीवन पौडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको सहजीकरण विधालयका एनसीसी कार्यक्रम संयोजक नवीन बगालेले गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य वेदराज न्यौपानेले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट