बौद्धिक अपांगता भएका परिवारलाई व्यक्तिगत सहयोगीको व्यवस्था गर्न माग

भरतपुर, २० मंसिर । बौद्धिक अपांगता अभिभावक महासंघ नेपालले बौद्धिक अपांगता भएका परिवारलाई व्यक्तिगत सहयोगीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष राजु बस्नेतले हेरचाह गर्ने सहयोगीको व्यवस्था भए परिवार आयआर्जनका गतिविधिमा लाग्न सहज हुने बताए । ‘अपांगता भएकाहरुलाई निरन्तर रेखदेख गर्नुपर्छ’, उनले भने, ‘अधिकांश अभिभावक रोजगारी, व्यवसाय नै छाडेर हेरचाहमा खटिएका […]

बाघ गणना र अपेक्षा (सम्पादकीय)

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जबाट आइतबारदेखि बाघ गणना सुरु गरिएको छ । जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिने योजनाका साथ सुरु गरिएको बाघ गणना कार्य दुई महिनासम्म चल्नेछ । निकुञ्जमा आउने पर्यटकलाई लोभ्याउने सबैभन्दा महत्वपूर्ण वन्यजन्तु बाघ नै हो । पर्यटकहरु बाघलाई एक नजर हेर्न लालायित हुने गर्छन् । त्यसपछि […]

नारायणी पब्लिक स्कुलमा एनसीसी तालिम शुरू

भरतपुर, २० मंसिर । नारायणी इङलिस पब्लिक स्कुलमा राष्ट्रिय सेवादल(एनसीसी ) तालिम शुरू गरिएको छ । नेपाली सेनाले संचालन गर्ने तालिमको कालीबहादुर गण भरतपुरका गणपती प्रमुख सेनानी अच्युत घिमिरेले प्रथम प्रवचन गरि आइतबार उद्घाटन गरेका हुन् । तालिमका लागि मंसिर १७ गते भर्ना लिइएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख सेनानी घिमिरेले अनुशासित विद्यार्थीले देशको […]

वडाध्यक्ष कपमा बरटाँडी युवा क्लब सेमिफाईनल प्रवेश

देवचुली, २० मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा बरटाँडी युवा क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ । देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिता अन्तर्गत बरटाँडी युवा क्लब र युनाईटेड युवा क्लब गिरवारी बीच भएको खेलमा […]

चितवनकी मदर टेरेसा नीरकला शर्माको संघर्षका पाइला

केशवराज आमोदीको टिप्पणी :  वि. सं. १९९० पुस २८ गते चितवनकी मदर टेरेसा महान् समाजसेविका नीरकला शर्माको जन्म दार्जीलिङको ओकाइटीमा भएको हो । परोपकार नै धर्म हो , गरीब-गुरुवाको सेवा नै ईश्वर पूजा हो भन्दै बैसाखीको सहारा नलिई कतै ओहोरदोहोर गर्न नसक्ने शारीरिक रूपले अत्यन्त कमजोर तर मानसिक रूपले अत्यन्त उर्जाशील, परम विदुषी, अध्यात्म दर्शनमा […]

नेपाल, युवा र राजनीति

नेपाली समाजमा राजनीतिको कुरा गर्दा जहिले पनि ‘युवाहरू राजनीतिमा लाग्नुपर्छ’ भन्ने चर्चित संवाद आउँछ। के साँच्चै नेपाली युवाहरु राजनीतिमा लागेका छैनन् ? विगतको सन्दर्भ लिने हो भने नेपालमा राजनीतिक सुधार सुरु भएदेखि नै विभिन्न राजनीतिक दल र सिद्धान्तहरूमा युवाहरूको सबैभन्दा ठूलो योगदान रहेको नेपालले देखेको छ । नेपालको राजनीतिक परिवर्तनका क्रममा आफ्नो राजनीतिक जीवनको सुरुवात […]

लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत अर्किड स्कुलको साइकल यात्रा

भरतपुर, २० मंसिर । डिसेम्बर १० मा मनाइने अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध दिवसको पूर्वसन्ध्यामा अर्किड स्कुलले दश दिने अभियान सुचारु गरिरहेको छ । विशेषगरी कक्षा ६ देखि १० का विद्यार्थीहरूले लैङ्गिक हिंसा विरुद्ध अभियान अन्तर्गत वक्तृत्वकला, चित्रकला, चेतनामूलक प्रहसन गर्दै आइरहेका छन् । लैङ्गिक विभेदको अन्त्य र लैङ्गिक समतामूलक समाज निर्माणमा यस्ता कार्यक्रमले भूमिका खेल्ने […]

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

काठमाडौं, २० मंसिर । नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो। दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए ।

भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने

बैतडी, २० मङ्सिर । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी […]

महाधिवेशनपछि एमाले एकताबद्ध भएको छ: सचिव भट्टराई

भरतपुर, २० मङ्सिर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र […]

काँग्रेस अधिवेशन : ६ प्रदेशको नतिजा सार्वजनिक

भरतपुर, २० मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशन ६ वटा प्रदेशमा सम्पन्न भएको छ । ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही निर्वाचित भएका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा […]