पत्रकार पराजुलीको मोम्चो कथासङ्ग्रह आइतबार विमोचन हुने

भरतपुर, १५ मंसिर ।
पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो प्रकाशनमा आएको छ । भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिलाई आगामी मंसिर १९ गते आइतबार सार्वजनिक गर्न लागिएको भुँडीपुराणका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए।

डेढ वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको `मोम्चो´ दोस्रो कथासङ्ग्रह हो । `कुमाता´ अहिलेसम्म तेस्रो संस्करण प्रकाशन भएको छ । `मोम्चो´ चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ ।

पत्रकार तथा कथाकार पराजुलीले `मोम्चो´मा खासगरी नेपाली समाजमा नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसत्तात्मक समाजको परिणामस्वरुप सिर्जित नारी समस्यासँग सम्बन्धित विषयलाई कथाको रूपमा उठान गरिएको बताए । `यस कृतिमा रहेका ११ वटा कथाहरुमध्ये मोम्चो शीर्ष कथा हो´, पराजुलीले भने- `मोम्चो विशेषगरी चेपाङ समुदायमा विद्यमान बालविवाह र त्यसकारण  महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।´

यहि मङ्सिर १९ गते गैँडाकोटस्थित द नारायणी रिसोर्टमा अक्षर समूह चितवनको आयोजनामा कृतिको विमोचन हुँदैछ । कार्यक्रममा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समीक्षा प्रस्तुत गर्ने कार्यक्रम रहेको अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट