भरतपुर, १५ मंसिर ।
नारायणगढको लायन्सचोकमा सगरमाथा फेसन बुटिक सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालमा आएको बुटिकको आदर्श गृहकी संस्थापक एवम् सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले उद्घाटन गरिन् । नारायणगढ निवासी दीक्षा न्यौपानेले बुटिक व्यवसाय सञ्चालनमा ल्याएकी हुन् ।
उद्घाटनपछी बोल्दै महिलाअधिकारकर्मी खरेलले महिलाहरू यसरी व्यावसायिक गतिविधिमा आउनु सकारात्मक पक्ष रहेको बताइन् । `महिलाहरू आफै अग्रसर भएर व्यवसाय गर्नु ठूलो उपलब्धि हो´ खरेलले भनिन् – `व्यवसायले महिलालाई आफ्नो कर्ममा व्यस्त बनाउनुका साथै सबै किसिमका क्षेत्रमा स्थापित हुन सहयोगी भूमिका खेल्छ ।´ यहि बिषय अध्ययन गरेर त्यसलाई सदुपयोग गर्दै व्यवसायमा लागेको भन्दै खरेलले बुटिक सञ्चालक न्यौपानेको प्रसंशा गरिन् ।
बुटिकमा विवाहका लागि महिलालाई आवस्यक कपडाहरूसँगै समयअनुसारका विभिन्न डिजाइनका सबै किसिमका आइटमहरू उपलब्ध गराइएको सञ्चालक न्यौपानेले बताइन् । उनले इन्टरनेशनल फेसन कलेज (आइएफसी) बाट फेसन डिजाइनसम्बन्धि कोर्स समेत गरेकी छन् ।





