एमालेको १०औँ महाधिवेशन : मतदान राती २ बजेदेखि मात्रै सुरु हुने

सौराहा, १३ मंसिर ।
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।

केन्द्रीय सदस्यहरूबीच सहमति गराएर पदाधिकारीमा मात्र चुनाव गराउन नेकपा एमालेले आफ्नो मतदानको समयलाई पाँच घन्टा पछि सारेको छ ।

एमालेको निर्वाचन आयोगले यसअघि सोमबार राति ९ बजेबाट मतदान सुरू हुने भनेको थियो । आयोगले भर्खरै फेरि अर्को सूचना जारी गरेको छ, जसअनुसार अब राति २ बजेबाट मात्र मतदान सुरू हुनेछ । राति २ बजे देखि बिहान ८ बजेसम्म मतदान हुने निर्वाचन आयोगले बताएको छ ।

भर्खरै सार्वजनिक गरिएको उम्मेद्वारको अन्तिम नामावलीलाई विद्युतीय भोटिङ मेसिन ईभीएमको प्रणालीमा अपडेट गर्न लागिएको छ । उम्मेदवारको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घण्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । सोही अनुसार मतदान सुरू हुने समय २ बजेलाई तोकिएको हो ।

बिहान ८ बजेसम्म भोट हाल्न पाइने भएपछि महाधिवेशन प्रतिनिधिहरू बन्दसत्र स्थलबाट बाहिर निस्कन थालेका छन् । बिहान भोट हाले पनि हुने भएपछि रातभरि चिसोमा किन बसिरहने भनेर उनीहरू आराम गर्न निस्केका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट