एमालेको १०औँ महाधिवेशन : मतदान राती २ बजेदेखि मात्रै सुरु हुने

सौराहा, १३ मंसिर । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । केन्द्रीय सदस्यहरूबीच सहमति गराएर पदाधिकारीमा मात्र चुनाव गराउन नेकपा एमालेले आफ्नो मतदानको समयलाई पाँच घन्टा पछि सारेको छ । एमालेको निर्वाचन आयोगले यसअघि सोमबार राति ९ बजेबाट मतदान सुरू हुने भनेको थियो । आयोगले […]
एमालेमा अध्यक्षसहित यी पदमा निर्वाचन हुने निश्चितः १० क्लष्टरमा चुनाव हुने

सौराहा, १३ मंसिर । नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि मतदान हुने निश्चित भएको छ। केन्द्रीय निर्वाचन आयोगले तोकेको समयमा उम्मेद्वारी फिर्ताको सहमति नभएपछि निर्वाचन हुने भएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारको अन्तिम नामावली अनुसार अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुनेछ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा सर्वसम्मत भएको छ […]
एमाले महाधिवेशनको मतदान प्रक्रिया ढिला हुने

सौराहा, १३ मंसिर । नेकपा (एमाले)को १०औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका चयनका लागि अहिले ९ बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया लम्बिने भएको छ । जारी निर्वाचन प्रक्रियाको तयारी नओउग्दा मतदान सुरु हुन ढिलाइ हुने भएको हो । निर्वाचन कार्यतालिकाअनुसार दिउँसो ३ बजे नै प्रकाशित भइसक्नुपर्ने उम्मेदवारहरुको अन्तिम नामावली अझैसम्म प्रकाशन हुन सकेको छैन । एमालेको […]
यी हुन् कांग्रेसका ५२ जिल्लाका निर्वाचित सभापति

भरतपुर, १३ मंसिर । १४औं महाधिवेशनको तयारीमा व्यस्त नेपाली कांग्रेसले हालसम्म ५२ वटा जिल्लामा सभापति चयन गरेको छ । सर्लाही र डडेल्धुरालगायतका जिल्लामा विवाद कायमै रहेको बेला कांग्रेसले ५२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचित जिल्ला सभापतिहरू: १. शंकर गुरुङ – मनाङ २. खडक बोहरा – बझाङ ३. गजेन्द्र […]
वैदेशिक रोजगार आकर्षण कि बाध्यता ?

जिन्दगी सोचेको जस्तो कहाँ हुँदो रहेछ र ? झन् हिजो पल्लाघरे साहिँली दिदीका कुरा सुनेदेखि त न दिनमा भोक छ , न रातमा निद नै । एकछिन पनि आँखा ओभाउन पाएको छैन । के सोच्यो के भइदिन्छ है ! घरजग्गा जोडौँला, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिउँला, साहुको ऋण चुक्ता गरौँला भनेर अनेक सपना सजाएर वैदेशिक रोजगारका […]
कवि खनालको `बागी अक्षरहरू´ सार्वजनिक

भरतपुर, १३ मंसिर । कवि रेवतीरमण खनालको कवितासङ्ग्रह `बागी अक्षरहरू´ सार्वजनिक भएको छ । `बागी अक्षरहरू´ खनालको सातौँ कृति हो । कवि खनाल हृदयले प्रेमिल र विचारले बिद्रोही चेत भएका प्रगतिवादी कवि हुन् । शनिबार सार्वजनिक गरिएको यो सङ्ग्रहमा खनालका ५५ वटा कविताहरू छन् । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र नागरिक स्वतन्त्रताको स्वरको परख गर्नमा खनालका […]
भीसानद्वारा कुमारवर्ती विद्यालयलाई फोटोकपी मेसिन प्रदान

देवचुली, १३ मंसिर । भीमसेन हाइस्कुल एलुमिनियम एसोसिएसन (भीसान) नवलपरासीको आयोजनामा देवचुली-१३ दलदलेस्थित कुमारवर्ती आधारभूत विद्यालयलाई प्रिन्टर, स्क्यानरसहितको फोटोकपी मेसिन उपलब्ध गराइएको छ । भीसानका कतार संयोजक तिलक भुसालको पहलमा कतारमा रहेका भीमसेन आदर्श नमुना माविका पूर्व विद्यार्थीहरुले आर्थिक संकलन गरी उपलब्ध गराएको रकमबाट सो सहयोग गरिएको संस्थाका अध्यक्ष शेरबहादुर पौडेलले जानकारी दिए । देवचुली […]
अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी

सौराहा, १३ मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार १०औँ महाधिवेशनको बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा र भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर […]
एमाले महाधिवेशनः उपाध्यक्ष र सचिवमा को-को प्रतिस्पर्धी ?

सौराहा, १३ मंसिर । निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होमिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ । जसअनुसार ६ जना उपाध्यक्षका लागि ७ जना उम्मेदवार छन् । ७ जना सचिवका लागि ९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । […]
कमल थापाले गरे अध्यक्षमा उम्मेदवारी दिने घाेषणा

भरतपुर, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीकाे आगामी महाधिवेशनमा फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङजस्ता नेताहरूको नाम […]
एमाले चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध

सौराहा, १३ मंसिर । नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिएकी रावल सर्वसम्मत निर्वाचित भएकी हुन् । भूगोलतर्फ बागमती प्रदेशको महिलातर्फ तीन जनाको कोटामा तीन जना मात्रै उम्मेद्वारी परेको हो । रचना खड्का र पेम्बा लामा […]
एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उप–महासचिव सर्वसम्मत

सौराहा, १३ मंसिर । चितवनमा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा तीनवटा महत्वपूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । महाधिवेशनको निर्वाचन प्रक्रियामा वरिष्ठ उपाध्यक्ष, महासचिव र उप–महासचिव पद सर्वसहमतिमा टुंगिएको हो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी […]
कतै मनको चित्रण, कतै सामाजिक यथार्थ (कृति समीक्षा)

`भूमिगत छन् ईश्वरहरू´ कवितासङ्ग्रह कोसेली प्रकाशन प्रालि काठमाडौँले वि.सं. २०७८ मा प्रकाशित गरेको कवि अरविन्दप्रताप राणाको नवीनतम कविताकृति हो । रङ्गीन आवरणमा सजिएर जम्मा ५४ पृष्ठको डिमाइ साइजमा छापिएको यो कृतिमा समसामयिक विषयवस्तुका कूल ३७ थान फुटकर कविताहरू समेटिएका छन् । घटीमा एक खण्डदेखि बढीमा चार खण्डसम्म फैलिएका यी कवितालाई छोटा खालका कविताअन्तर्गत राख्न सकिन्छ […]
२०७८ मंसिर १३ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
बन्दसत्रमा ओलीले पेश गरे १९ पदाधिकारीको सूची

सौराहा, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ जना पदाधिकारीको नाम पढेर सुनाएका छन् । १२ बजे राती शुरु भएको बन्दसत्रमा ओलीले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका हुन् । त्यस्तै, उपाध्याक्षमा विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र […]
एमाले अध्यक्षका लागि ओली र रावलबीच चुनाव हुने निश्चित

सौराहा, १३ मंसिर । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच अन्तत: प्रतिस्पर्धा हुने भएको छ । चितवनको सौराहामा जारी १०औँ महाधिवेशनमा अध्यक्ष ओलीले पटकपटक रावललाई प्रतिस्पर्धामा नउत्रन आग्रह गरे पनि रावलले निर्वाचनमै जाने बताएका हुन् । ओलीले पदाधिकारीको नाम घोषणा गर्नुअघि आफूले अध्यक्ष मण्डलको अध्यक्षको हैसियतमा उपाध्यक्ष बन्न रावललाई ‘आदेश […]