एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उप–महासचिव सर्वसम्मत

सौराहा, १३ मंसिर ।
चितवनमा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा तीनवटा महत्वपूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा वरिष्ठ उपाध्यक्ष, महासचिव र उप–महासचिव पद सर्वसहमतिमा टुंगिएको हो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पार्टी निर्वाचन आयोगले तोकेको मनोनयन दर्ताको अवधिमा उहाँहरुको मात्र उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत हुनुभएको हो । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने मतदान हुने भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट