एमाले चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध

सौराहा, १३ मंसिर ।
नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिएकी रावल सर्वसम्मत निर्वाचित भएकी हुन् ।

भूगोलतर्फ बागमती प्रदेशको महिलातर्फ तीन जनाको कोटामा तीन जना मात्रै उम्मेद्वारी परेको हो । रचना खड्का र पेम्बा लामा पनि निर्विरोध निर्वाचित भएका छन् । रावल चितवनका लोकप्रिय महिला नेतृको रुपमा परिचित छिन् । पार्टीको जारी महाधिवेशनको कमाण्डरका रुपमा उनलाई हेरिएको छ । महाधिवेशनको भव्य आयोजना भएका कारण उनको चौतर्फी प्रशंसा भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट