एमालेमा अध्यक्षसहित यी पदमा निर्वाचन हुने निश्चितः १० क्लष्टरमा चुनाव हुने

सौराहा, १३ मंसिर ।
नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि मतदान हुने निश्चित भएको छ। केन्द्रीय निर्वाचन आयोगले तोकेको समयमा उम्मेद्वारी फिर्ताको सहमति नभएपछि निर्वाचन हुने भएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारको अन्तिम नामावली अनुसार अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुनेछ ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा सर्वसम्मत भएको छ । अनुशासन र लेखा आयोगमा पनि सर्वसम्मत सहमति भएको छ ।
यस्तै, उपाध्यक्षमा पनि चुनाव हुने भएको छ । उपाध्यक्षमा ६ जनाका लागि सात जनाको मनोनयन परेको छ। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ । ७ मध्ये ६ जना निर्वाचित हुनेछन् ।

यस्तै, सचिवमा सात जनाका लागि ९ जनाको उम्मेद्वारी परेको छ । जसमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टबीच प्रतिस्पर्धा हुनेछ ।

यस्ते, प्रदेशका भूगोलतर्फ निर्वाचन हुने भएको छ । प्रदेश १ को खुला सदस्य ६ जनाका लागि ७ जनाको उम्मेद्वारी परेको छ । यस्तै, महिलामा ३ जनाका लागि ४ जनाको उम्मेद्वारी परेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको महिला केन्द्रीय सदस्यमा पनि निर्वाचन हुने भएको छ। तीन सदस्यका लागि ५ जनाको उम्मेद्वारी परेको छ ।

यस्तै, समावेशी क्षेत्रमा दलित सदस्यको ८ जनाको लागि ९ जनाको मनोनयन परेको छ । यसमा पनि निर्वाचन हुनेछ । यस्तै, थारु क्लष्टरमा ५ खुला सदस्यका लागि ६ जनाको प्रतिस्पर्धा हुनेछ । पिछडिएको क्षेत्रको खुला ३ सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ । खुला केन्द्रीय सदस्य ८४ जनाका लागि १०० जनाको नामावली रहेको छ ।

चुनाव हुने दश क्लष्टरबाट १५३ जना उम्मेद्वार छन् ।

यसैबीच, मतदानको समय पुनः सरेको छ । यसअघि राति ९ बजेदेखि बिहान ३ बजेको लागि तय भएको मतदान अब बिहान २ बजे देखि ८ बजेसम्मको समयमा हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट