सौराहा, १३ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ जना पदाधिकारीको नाम पढेर सुनाएका छन् ।
१२ बजे राती शुरु भएको बन्दसत्रमा ओलीले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका हुन् ।
त्यस्तै, उपाध्याक्षमा विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरेका छन् ।
प्रस्तावित पदाधिकारीमा अध्यक्ष दाबी गरिरहेका भीम रावल र उपाध्यक्ष दाबी गरिरहेका घनश्याम भुसालको नाम रहेको छैन ।
त्यस्तै, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ र विष्णु रिमाल रहेका छन् ।
त्यसैगरी सचिवमा योगेश भट्टराई, टोपमहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ ।
यी सबै पदाधिकारीलाई आज निर्वाचन कार्यक्रमअनुसार मनोयनपत्र दर्ता गर्न आग्रह गरिएको छ ।
साथै बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम सर्वसम्मतिका लागि ओलीले पेस गरेका छन् ।





