भरतपुर, ८ मंसिर ।
भरतपुरमा रहेको अक्सफोर्ड एकेडेमियाले क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ । अक्सफोर्डले क्यानडाको प्रसिद्ध अल्गोमा विश्वविद्यालयमा अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरुलाई आवश्यक प्रशिक्षण दिन लागेको हो ।
विश्वविद्यालयमा अध्यापन हुने बिषय र त्यहाँ जानुअघिका पूर्वतयारीको बिषयमा प्रशिक्षण केन्द्रित हुनेछ । प्रशिक्षणबाट विद्यार्थीहरुलाई त्यहाँको शिक्षा प्रणाली बारे बुझ्ने अवसर मिल्ने अक्सफोर्ड एकेडेमियाका शिशिर रेग्मीले बताए ।
कोरोना महामारीका कारण उच्च शिक्षा अध्ययनका लागि विदेश जानबाट बञ्चित विद्यार्थीहरूलाई यो कार्यक्रम फलदायी हुने रेग्मीको भनाई छ ।
अक्सफोर्ड एकेडेमियाले बिगत ५ वर्षदेखी क्यानडा, अष्ट्रेलिया र युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।




