एमाले अध्यक्ष ओली बिहीबार चितवन आउँदै

भरतपुर, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा बिहीबार चितवन आउँदै छन् । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष ओली बिहीबार चितवन आउने भएका हुन् । उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेको एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । भरतपुर आएर ओली दिउँसो साढे […]
क्यानडामा पढ्न जान चाहनेलाई अक्सफोर्डले प्रशिक्षण दिँदै

भरतपुर, ८ मंसिर । भरतपुरमा रहेको अक्सफोर्ड एकेडेमियाले क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ । अक्सफोर्डले क्यानडाको प्रसिद्ध अल्गोमा विश्वविद्यालयमा अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरुलाई आवश्यक प्रशिक्षण दिन लागेको हो । विश्वविद्यालयमा अध्यापन हुने बिषय र त्यहाँ जानुअघिका पूर्वतयारीको बिषयमा प्रशिक्षण केन्द्रित हुनेछ । प्रशिक्षणबाट विद्यार्थीहरुलाई त्यहाँको शिक्षा प्रणाली बारे बुझ्ने अवसर […]
२०७८ मंसिर ८ गते बुधबारको कायाकैरन दैनिक (E-paper)
नेकपा (एमाले) १०औँ महाधिवेशन : सडकछेउको पर्खालभरि चित्रैचित्र

भरतपुर, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ । `समृद्ध नेपाल सुखी नेपाली´को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकारले चित्र कोरेका छन् । होटलको २०० मिटर लामो पर्खालमा कलाकारहरुले चित्र कोरेका हुन् । नेकपा […]
सिँगारिँदै सौराहा (सम्पादकीय)

नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो चितवन । चितवनको पहिलो पर्यटकीय गन्तव्य हो सौराहा । सौराहाले आफ्नो परम्परागत सौन्दर्य गुमाइसकेको छ । पुराना थारुघर देख्न पाइँदैन आजभोलि । जताततै सिमेन्टेका अग्ला भवन देखिन्छन् । पुरातन सौन्दर्य जोगाउन सकेको भए सौराहाको साख अझ बढ्ने थियो । त्यसो हुन नसकेपनि सौराहा भएर बग्ने राप्ती नदी किनारमा प्रस्तर मूर्ति […]
जनगणनामा छुटेकालाई नजिकको कार्यालयमा सम्पर्क गर्न आग्रह

भरतपुर, ८ मंसिर । जनगणनामा कसैको नाम विवरण छुटेमा नजिकको जनगणना कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न केन्द्रीय तथ्यांक विभागले आग्रह गरेको छ । जारी १२औँ राष्ट्रिय जनगणनाको अन्तिम दिन बिहीबार (मंसिर ९ गते) सकिनै लाग्दा विभागले कसैलाई नछुट्न आह्वान गरेको हो । कोही छुटेमा नजिकको जनगणना कार्यालय, वडा कार्यालय, जिल्ला प्रशासन […]
चितवनबाट बालिका र खोपनिधिसहित १०६ जनालाई एमालेले मनोनीत गर्यो महाधिवेशन प्रतिनिधि

भरतपुर, ८ मंसिर । एमालेले १०६ जनालाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ । केन्द्रीय कमिटीको पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्न पाउने विधानको प्रावधानअनुसार मनोनयन गरिएको हो । मनोनित हुनेमा चितवनबाट बालिका गिरी र खोपनिधि लोहनी पनि छन् । त्यस्तै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि परेका छन् । माओवादी […]
एमालेको दशौँ महाधिवेशनमा निर्वाचन तयारी पूरा

भरतपुर, ८ मंसिर । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि तयारी पूरा भएको जनाएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले सबै तयारी पूरा गरेको जनाएको छ । आयोगले बिहीवारदेखि निर्वाचन प्रक्रियाका लागि सौराहामा कार्यालय सञ्चालन गर्नेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय आयोगले शनिबार मंसिरमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम […]
कांग्रेसका यी चर्चित नेताहरू, जो महाधिवेशन प्रतिनिधिमै पराजित भए

भरतपुर, ८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया जारी छ । अहिलेसम्म २५ जिल्लामा सभापति निर्वाचित भइसकेका छन् । जसमा संस्थापन सभापति शेरबहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्षको हैसियत बराबरी देखिएको छ । यसपटकको कांग्रेस महाधिवेशनमा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन् । जसमा मन्त्री, सांसद, केन्द्रीय सदस्य, […]
सामाजिक लघुचलचित्र `शुभ सन्ध्या´ निर्माण हुँदै

भरतपुर, ८ मंसिर । नारायणी फिल्मसको ब्यानरमा सामाजिक लघुचलचित्र ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ । समाजमा हुने जातीय विभेद र बलात्कार विरुद्धको कथावस्तु समेटिएको चलचित्रमा अमिर बरालको निर्देशन रहनेछ । चलचित्रमा सचितराज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेललगायतको मुख्य अभिनय रहनेछ । चलचित्रमा बाल कलाकारको भूमिका आदित्य ढुङ्गानाले निर्वाह गर्नेछन् । चलचित्रको निर्माण […]
काँग्रेस नवलपुर क्षेत्र नं.१ को सभापतिमा भट्टचन विजयी

गैंडाकोट, ८ मंसिर । नेपाली काँग्रेस नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ को सभापतिमा युवा नेता अमृत भट्टचन विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी कमलप्रसाद पराजुलीलाई भारी मतले पछि पार्दै युवा नेता भट्टचनले सभापति पदमा बाजी मारेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा निकटका मानिने भट्टचनलाई जिल्लामा नेता महेन्द्रध्वज जिसी समुुहको साथ थियो । […]
गरिमा विकास बैंकको रक्तदान तथा पाँच शाखा शुभारम्भ

भरतपुर, ८ मंसिर । गरिमा विकास बैंक लिमिटेडले मंगलबार १५औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ, वुटवल, सुनवल, नारायणगढ, कावासोती, वीरगन्जलगायतका २१ शाखा कार्यालयमा एकैसाथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न रक्तदान कार्यक्रममा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको […]
एमाले महाधिवेशन उद्घाटनमा चितवनमा सवारीसाधन सञ्चालनमा रोक

भरतपुर, ८ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चलाउन रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजताका लागि सवारीसाधनमा रोक लगाउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गैंडाकोटतर्फको नारायणी पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र […]
निकुञ्जभित्र सडक निर्माणका लागि बजेट स्वीकृत

भरतपुर, ८ मंसिर । संघीय अर्थ मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणका लागि १२ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ । माडी नगरपालिकाले निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि माग गरेको कूल रकम स्वीकृत गर्दै अर्थमन्त्रालयले एकसाथ १२ करोड रुपैयाँ विनियोजन गरेको हो । माडीका नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले निकुञ्जभित्र कसरादेखि बनकट्टा खण्डमा सडक निर्माणका लागि […]