भरतपुर, ८ मंसिर ।
नारायणी फिल्मसको ब्यानरमा सामाजिक लघुचलचित्र ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ ।
समाजमा हुने जातीय विभेद र बलात्कार विरुद्धको कथावस्तु समेटिएको चलचित्रमा अमिर बरालको निर्देशन रहनेछ । चलचित्रमा सचितराज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेललगायतको मुख्य अभिनय रहनेछ । चलचित्रमा बाल कलाकारको भूमिका आदित्य ढुङ्गानाले निर्वाह गर्नेछन् ।
चलचित्रको निर्माण सम्पन्नपश्चात च्यारिटीशोमार्फत प्रदर्शन गरिने निर्देशक बरालले बताए ।
निर्देशक बरालकै कथा रहेको यस चलचित्रमा पटकथा/संवाद भने अंगत श्रेष्ठले लेखेका हुन् । यस्तै चलचित्रमा रवी कोइरालाको छायांकनका साथै सुजन सुवेदीको सम्पादन रहनेछ । चलचित्रको छायांकन पूर्वी नेपालको झापा र चितवन जिल्ला आसपासका क्षेत्रमा हुने निर्माण पक्षले जनाएको छ ।




