निकुञ्जभित्र सडक निर्माणका लागि बजेट स्वीकृत

भरतपुर, ८ मंसिर ।
संघीय अर्थ मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणका लागि १२ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

माडी नगरपालिकाले निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि माग गरेको कूल रकम स्वीकृत गर्दै अर्थमन्त्रालयले एकसाथ १२ करोड रुपैयाँ विनियोजन गरेको हो । माडीका नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले निकुञ्जभित्र कसरादेखि बनकट्टा खण्डमा सडक निर्माणका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट छुट्याएको र सडक बनाउन राष्ट्रिय निकुञ्ज विभागले समेत सहमति दिएको जानकारी दिए ।

बजेटको सुनिश्चिता भएसँगै अब आउँदो मंसिर १३ गते भारतको हैदराबाद पुगी केमिकल पिचको अध्ययन गर्ने र सो लिक्वीड नेपालमा ल्याई सडक विभागको प्रयोगशालामा परीक्षण गर्ने नगरप्रमुख ढकालले बताए । परीक्षण पूरा भएसँगै निकुञ्जभित्र सडक निर्माण थालिने उनको भनाई छ ।

माडीमा निकुञ्जभित्र सडक निर्माणको बिषय पेचिलो बन्दै आएको छ । त्यहाँ सडक निर्माण कार्यमा राष्ट्रसंघीय नियोग युनेस्को र निकुञ्ज तथा वनका अधिकारीहरु असहयोगी रहँदै आएको बताइन्छ । निकुञ्जभित्रको सडक पछिल्लो समय चुनावी नारा समेत बन्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट