जनगणनामा छुटेकालाई नजिकको कार्यालयमा सम्पर्क गर्न आग्रह

भरतपुर, ८ मंसिर ।
जनगणनामा कसैको नाम विवरण छुटेमा नजिकको जनगणना कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न केन्द्रीय तथ्यांक विभागले आग्रह गरेको छ ।

जारी १२औँ राष्ट्रिय जनगणनाको अन्तिम दिन बिहीबार (मंसिर ९ गते) सकिनै लाग्दा विभागले कसैलाई नछुट्न आह्वान गरेको हो । कोही छुटेमा नजिकको जनगणना कार्यालय, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

यस्तै अनलाइन पहुँच भएकाले आयोगको वेबसाइटमा गुनासो फाराम भरेर जनगणना गराउन सकिने उनले जनाए । कात्तिक २५ गतेबाट सुरु भएको जनगणनामा करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक कर्मचारी खटिएका छन् । विभागका अनुसार देशभर ७० लाख घरपरिवार र ३ करोडभन्दा बढी जनसंख्या छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट