भरतपुर, ७ मंसिर ।
नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तर्गत सोमबार भएको मतदान परिणामबाट क्षेत्रीय सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ५०३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण गुरुङले ४४५ मत प्राप्त गरे ।
सचिवमा निर्मलकुमार राना ४५५ र प्रल्हाद उप्रेती ४०६, सहसचिवमा कृष्णकुमारी पन्त ३७८ र सिर्जना बसौला ३१२ मत प्राप्त गरी विजयी भएका छन् ।
अन्य विजयी हुनेहरुमा प्रत्यक्ष महिला सदस्यतर्फ पार्वती खड्का ५०८ मत , प्रत्यक्ष खुल्ला सदस्यमा गोपाल देवकोटा ४४१, दीपक शाही ठकुरी २९९ र लेखनाथ अधिकारी २९५ मतका साथ निर्वाचित भएका हुन् ।
खस आर्य महिलाबाट तारा अधिकारी ३६२ मत, खस आर्य खुल्लाबाट माधब अर्याल ५२१, आदिबासी जनजाति खुल्लाबाट केशवप्रकाश जोशी ५८६, भक्तिकुमार श्रेष्ठ ४३७, दलितबाट शारदा नेपाली परियार ५०२ र थारु मधेसी अल्पसंख्यकबाट सन्तकुमार चौधरी ३१६ मतका साथ विजयी भएको निर्वाचान अधिकृत श्रीराम सापकोटाले जानकारी दिए ।
क्षेत्रीय अधिवेशनबाट खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी निर्वाचित भएका हुन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
विजयी अन्य महाधिवेशन प्रतिनिधि टंक पौडेल, राजेश्वर खनाल, केशव महर्जन, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ, ईश्वरी लौडारी र प्रकाश अधिकारी रहेका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित महिलाहरूमा मीना खरेल, विनु पौडेल रायमाझी, गीता गुरुङ र निरु कार्की रहेका छन् ।
उद्योग वाणिज्य संघ चितवन, नारायणगढमा भएको मतदानमा ९९४ जनाले मतदान थिए । यस निर्वाचन क्षेत्रमा १००४ जना मतदाता रहेका थिए ।





