विश्वकप एसिया छनाेट : भुटानमाथि नेपालकाे शानदार जित

भरतपुर, ७ मंसिर ।
आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले भुटानलाई पराजित गरेकाे छ ।
यूएईकाे दुबईमा मंगलबार भएकाे आफ्नाे दाेस्राे खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेकाे हाे । भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपाललाई जिताउन ईन्दू बर्माले नटआउट १८, सीता रानामगरले १७, कप्तान रुबिना क्षेत्रीले १० र कविता जोशीले नटआउट ८ रन बनाइन् । रुबिना रनआउट भएकी थिइन् । भुटानकी तासी चेकीले १ विकेट लिइन् ।

त्यसअघि आइसीसी क्रिकेट एकेडेमी २ ग्राउण्डमा पहिले टस जितेर पहिला ब्याटिङ राेजेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएकाे थियाे ।भुटानकी न्वाङवाङ चोडेनले १३ र सोनाम बाल्देनले ११ रन बनाइन् ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी सीता रानामगरले ३ र करुणा भण्डारीले १ विकेट लिइन् । भुटानका २ ब्याट्सवुमन रनआउट भए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

भुटानले पहिलो खेलमा कुवेतलाई हराएको थियो । नेपालले अब तेस्राे खेलमा बिहीबार कुवेतसँग खेल्नेछ । ६ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी-२० ग्लोबल छनोटमा ठाउँ बनाउनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट