कांग्रेस १४ औँ महाधिवेशन : चितवन क्षेत्र नम्बर – ३ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू

भरतपुर, ७ मंसिर ।
नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तरगत चितवन क्षेत्र नम्बर ३ को महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिक भएको छ । सोमबार भएको मतदानबाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

खुलातर्फ कांग्रेस चितवनको सभापतिको उम्मेद्वार समेत रहेका डा.सूर्यकान्त घिमिरे सर्वाधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । घिमिरेले पहिलो नम्बरमा रहँदै ५३५ मत प्राप्त गरे ।

यस्तै शंकरप्रसाद कंडेल (५३१), टेकप्रसाद गुरुङ (५२७), दिनेश कोइराला (५००), कैलास कोइराला (४२५), रामकृष्ण घिमिरे (४२४), विजय शर्मा भुसाल (३५१), भरत गुरुङ (३३६), उमेश श्रेष्ठ (३२०), चन्द्रध्वज गुरुङ (३०३) निर्वाचित भएका छन् ।

यस्तै महिला तर्फ गीता गुरुङ (४००), शारदा गुरुङ (३६३), अन्जनी श्रेष्ठ (३५५) र सबिता बराल (३१२) निर्वाचित भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट