देशभर चिसो बढ्यो , सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौँ , ७ मंसिर ।

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागहरुमा आजको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले जनाएका छन् ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

यी प्रदेशका केही पहाडी भू–भागमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर चिसो बढ्ने क्रममा रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट