इराकमा प्रधानमन्त्री निवासमै ड्रोन आक्रमण, प्रधानमन्त्री कादिमी सुरक्षित

एजेन्सी । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ ।

प्रधानमन्त्री मुस्तफा अल कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ ।

प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्देश्यले आक्रमण गराइएको इराकी अधिकारीहरूले बताएका छन् । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र उनलाई अस्पताल लगिएको भनिए पनि प्रधानमन्त्री कादिमी आफैले सामाजिक सञ्जालबाट आफू सुरक्षित रहेको जानकारी दिएका हुन ।

उनले इराक र इराकी जनताको हितका लागि शान्त र धैर्य बन्न पनि आग्रह गरेका छन् । थुप्रै सरकारी कार्यालयहरू र विदेशी दूतावासहरू समेत रहेको भीआपी क्षेत्रमा गराइएको हमलाको जिम्मेवारी भने कसैले पनि लिएको छैन ।

पछिल्ला दिनहरूमा इरानी सत्तासँग सम्बन्धित केही हतियारधारी समूहहरूले गत महिना इराकमा सम्पन्न निर्वाचनको परिणामलाई लिएर ग्रीनजोन नजिकै विरोध प्रदर्शन गर्दै आईरहेका छन्

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट