टि-ट्वान्टी विश्वकप : न्युजील्याण्डसँग अफगानिस्तान पराजित, प्रतियोगिताबाट बाहिरियो भारत

भरतपुर, २१ कार्तिक । न्युजील्याण्डले टी–२० विश्वकपको सुपर–१२ को खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डको जीतसँगै भारतको सेमिफाइनलमा स्थान बनाउने सम्भावना समाप्त भएको छ । न्युजिल्याण्ड आज पराजित भएको अवस्थामा मात्र भारतको सेमिफाइनलमा पुग्ने सम्भावना बाँकी रहन्थ्यो । अब अन्तिम खेल अघि नै भारत घर फर्कने पक्का भएको छ । टस जितेर […]

प्रदेश मन्त्री विकद्वारा एसपिएम कलेजलाई सहयोगको प्रतिबद्धता

गैंडाकोट, २१ कात्तिक । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री दोबाटे विकले सूर्यभक्त पतनादेवी कलेजलाई प्रदेश सरकारको तर्फबाट कलेजको सर्वपक्षीय विकासमा सहयोग गरिने बताएका छन् । विकले नेपाली काँग्रेस नवलपुरका संस्थापक स्व. सूर्यभक्त अधिकारी र उनकी धर्मपत्नी स्व. पतनादेवीको नामबाट सन्चालित उक्त कलेजलाई गण्डकी प्रदेशकै ऐतिहासिक कलेजको रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । सोही अवसरमा तनहुँका […]

‘प्रधानन्यायाधीशको राजीनामा गराउन देशभरका बारबाट सुझाव आएको छ’

भरतपुर, २१ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा गराउन देशभरका बार इकाइका प्रतिनिधिहरूले सुझाएको बारका महासचिव लीलामणि पौडेलले बताएका छन् । आज बिहानदेखि भएको जुम मिटिङमा न्यायालयको गरिमामा आँच आउने गरिका गतिविधि प्रधानन्यायाधीश जबराले गरेको निष्कर्षको आधारमा राजीनामा गराउन थप दबाबमूलक कार्यक्रम गर्न सुझाएको बताए । पौडेलले भने, ‘साथीहरूबाट राजीनामा गराउन दबाबमूलक कार्यक्रम गर्नुपर्‍यो […]

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट एकलाख ७५ हजार सहयोग

काठमाडौँ, २१ कात्तिक । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका लागि सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनुभयो । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २०० […]

पोखरामा भाइटीका महोत्सवः छ देशका २० जनाले गरे टीका ग्रहण

गण्डकी, २१ कात्तिक । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौँ संस्करणका रुपमा पुनःनिरन्तरता पाएको हो । पर्यटकीय नगरी पोखराको लेकसाइटस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन होमका छात्राले विदेशी […]

नारायणी किनारमा छठ पूजाको तयारी

भरतपुर, २१ कात्तिक । चितवनमा रहेका तराईवासीले यस वर्षको छठ पर्व उल्लासमय वातावरणमा मनाउने भएका छन् । अघिल्लो वर्ष कोरोना महामारीका कारण प्रभावित बनेको यो पर्व यसपटक नियमितरूपमा झैँ मनाउने तयारीमा तराईवासी जुटेका हुन् । तराई सामुदायिक सेवा समितिको आयोजनामा नारायणी किनारमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पूजा व्यवस्थापन समितिका पूर्व अध्यक्ष […]

भृकुटी कागज कारखानाभित्र १ युवकको शव फेला

गैँडाकोट, २१ कात्तिक । गैँडाकोटस्थित भृकुटी कागज कारखाना परिसरभित्र एक युवकको शव फेला परेको छ । गैँडाकोट-५ बस्ने २४ वर्षीय प्रकाश कुमालको शव फेला परेको हो । आज आइतबार दिउँसो १ बजेतिर भृकुटी कागज कारखाना भित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले बताएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको गैँडाकोट प्रहरीले जनाएको छ […]

सल्यान बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो

काठमाडौँ ,२१ कात्तिक । सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । आइतबार बिहान सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका-५ खारखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १२ पुगेको सल्यान प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए । मृत्यु हुनेमा […]

न्युजिल्याण्डमा आजदेखि इच्छा मृत्युको कानुन लागू हुँदै

न्युजिल्याण्डमा आइतबार बिहानदेखि इच्छा मृत्युलाई कानुनी आधार प्राप्त भएको छ । योसँगै न्युजिल्याण्ड ती सीमित देशहरूको सूचीमा परेको छ जहाँ इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ । यस सूचीमा स्वीटजरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बिया सामेल छन् । यी देशहरूमा मृत्युका लागि सहयोग गर्नका लागि फरक–फरक नियम र सर्तहरू बनाइएको छ । […]

इराकमा प्रधानमन्त्री निवासमै ड्रोन आक्रमण, प्रधानमन्त्री कादिमी सुरक्षित

एजेन्सी । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ । प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्देश्यले आक्रमण गराइएको इराकी अधिकारीहरूले बताएका छन् । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते […]

१३ जिल्लामा छठलगत्तै वडा अधिवेशन गर्दै कांग्रेस

भरतपुर, २१ कात्तिक । नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने भएको छ । भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन नै सुरू गर्न सकेको छैन । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, […]

जनताको भरोसा टुट्न दिन्न: श्रममन्त्री श्रेष्ठ

दमौली, २१ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं १ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताउनुभएको छ । व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो […]

जुवाखालबाट नगद १२ लाख ४३ हजारसहित १५ जना पक्राउ

भक्तपुर, २१ कात्तिक। प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको […]

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत कन्या मुद्दति खाता: छोरीको पढाइ र विवाहको चिन्ता हट्यो

बाँके, २१ कात्तिक । जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिए पछि अभिभावक खुशी भएका छन् । छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था […]

राष्ट्रिय जनगणना: तनहुँमा ४९० गणक खटाइने

दमौली, २१ कात्तिक । तनहुँमा राष्ट्रिय जनगणनाका लागि ४९० गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि ४९० गणक खटाउने भएको हो । यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि कार्यालयले आवश्यक तयारी थालेको छ । यसका लागि कार्यालयले गणकका लागि चारदिने तालिम दिएको छ । दशवटै […]

अफ्रिकी मुलुक सियरा लिओनमा तेल ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ९८ जनाको मृत्यु

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना हुँदा अफ्रिकी मुलुक सियरा लिओनमा कम्तीमा ९८ जनाको ज्यान गएको छ । राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी यति ठूलो संख्यामा ज्यान गएको हो । ९२ जनाको अस्पतालमा उपचार भइरहेको उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले जनाएको बीबीसीले लेखेको छ । उनका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् […]

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

म्याग्दी, २१ कात्तिक । यहाँस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ । पन्ध्रबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्षसम्म पनि अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाउन र दरबन्दीअनुसारका जनशक्ति व्यवस्थापन हुनसकेको छैन । फरक–फरक ठाउँमा […]

आजको मौसम: देशभर बदली हुने

काठमाडौँँ, २१ कात्तिक । देशभर आजको मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । महाशाखाले जारी गरेको सूचना अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ […]

हेटौंडामा बसको ठक्करबाट देउसी खेल्न हिँडेका २ जनाको ज्यान गयो, ८ जना घाइते

हेटौंडा, २१ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । आठ जना पैदल यात्रु घाइते भएका छन् । बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते […]

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

देउखुरी, २१ कात्तिक । दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले […]

मिथिलामा छठपर्वको तयारी

धनुषा, २१ कात्तिक। मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका […]