गैंडाकोट, २१ कात्तिक ।
गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री दोबाटे विकले सूर्यभक्त पतनादेवी कलेजलाई प्रदेश सरकारको तर्फबाट कलेजको सर्वपक्षीय विकासमा सहयोग गरिने बताएका छन् । विकले नेपाली काँग्रेस नवलपुरका संस्थापक स्व. सूर्यभक्त अधिकारी र उनकी धर्मपत्नी स्व. पतनादेवीको नामबाट सन्चालित उक्त कलेजलाई गण्डकी प्रदेशकै ऐतिहासिक कलेजको रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
सोही अवसरमा तनहुँका समाजसेवी खड्कबहादुर अधिकारीले सूर्यभक्त अधिकारीको व्यक्तित्व स्मरण गर्दै जनताका छोराछोरीलाई शिक्षाको उज्यालो पथ देखाउने उहाँको लक्ष्य पूरा भएको बताए । समाजसेवी एवम् कलेजका संरक्षक मदनभक्त अधिकारीले कलेजलाई आफूहरूले प्रदान गरेको जग्गा नामसारीमा भएको समस्या हल गर्न जोड दिए ।
सोहिक्रममा कलेजका प्राचार्य दीपेन्द्र पौडेलले स्वागत मन्तव्य राख्दै कलेजको समग्र वस्तुस्थितिको चित्रण गरेका थिए । कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई प्राध्यापक गोविन्द रिमालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा स्वकिय सचिव होम रसाइली, नेपाली काँग्रेस नगर उपसभापति रोशन अधिकारी, नेपाली काँग्रेस वडा नम्बर ५ का सभापति लक्ष्मण कार्की, कोटेश्वर शिवालय सेवा समिति गैँडाकोट ४ का हरिकृष्ण रिमाल, गैडाकोट पम्पिङ स्किमका कोषाध्यक्ष रोशन सापकोटा, पत्रकार गोविन्द लामिछाने, संरक्षकहरू रोहणभक्त अधिकारी, मोहनभक्त अधिकारी, सोहनभक्त अधिकारीलगायतको उपस्थिति थियो ।




