‘प्रधानन्यायाधीशको राजीनामा गराउन देशभरका बारबाट सुझाव आएको छ’

भरतपुर, २१ कात्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा गराउन देशभरका बार इकाइका प्रतिनिधिहरूले सुझाएको बारका महासचिव लीलामणि पौडेलले बताएका छन् ।
आज बिहानदेखि भएको जुम मिटिङमा न्यायालयको गरिमामा आँच आउने गरिका गतिविधि प्रधानन्यायाधीश जबराले गरेको निष्कर्षको आधारमा राजीनामा गराउन थप दबाबमूलक कार्यक्रम गर्न सुझाएको बताए ।

पौडेलले भने, ‘साथीहरूबाट राजीनामा गराउन दबाबमूलक कार्यक्रम गर्नुपर्‍यो भन्ने कुरा आएको छ । भोलि पनि हाम्रो मिटिङ हुन्छ ।’ बारले यसअघि १४ कात्तिक र १६ कात्तिकमा विरोधको कार्यक्रम गरिसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट